जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ २८ गते । सुनसरी सदरमुकाम इनरुवामा सिर्जनामा इनरुवाले साहित्य कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । छन्द कविता मञ्च काठण्माडौं साहित्यिक संस्थाका संयोजक वरिष्ठ साहित्यकार जीवनाथ अधिकारीको प्रमुख आतिथ्यमा सनिबार साहित्य कार्यक्रम सम्पन्न गरेको हो । सम्पन्न भएको कार्यक्रममा कवि गजलकार ,समालोचक तथा साहित्यकार विमला पोख्रेललाई छन्द कविता मञ्च काठमाण्डौंले समालोचकको सम्मान गरेको छ । कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रममा विशिष्ट अतिथि देवी अधिकारी,दिपक कार्की, टीका मिलन, साहित्यकार तथा महाकाव्यकार डमरूबल्लभ भण्डारी, साहित्यकार सागर तिमिल्सिना, गीति खण्डकाव्यकार निरज कोइराला, कवि किशोर कोइराला, पत्रकार राजन निरौला ,टीका सिवाकोटी ,यशोदा आचार्य ,कान्ता भट्टराई साथै इनरुवाका पूर्व उपमेयर एवम् कवि जमुना गौतम पोख्रेलको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव रमेन्द्र कोइरालाूले गर्नुभएको थियो ।





