Thursday, March 23, 2023
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देउवाविरुद्धको उजुरीमाथि आयोगको फैसला : उम्मेदवारी कायमै राख्ने

देउवाविरुद्धको उजुरीमाथि आयोगको फैसला : उम्मेदवारी कायमै राख्ने

नेपाल टाइमलाइन न्यूज by नेपाल टाइमलाइन न्यूज
October 11, 2022
in चुनावी समाचार, मनाेरञ्जन, मुख्य खबर, समाचार
A A
0
देउवाविरुद्धको उजुरीमाथि आयोगको फैसला : उम्मेदवारी कायमै राख्ने
8
SHARES
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले रातोपाटीसँग कुरा गर्दै नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको बताए । सो त्रुटि सामान्य रहेकोले उम्मेदवारी कायमै गर्ने निर्णय भएको जानकारी दिए ।

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उनका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

सो उजुरीमाथि छानबिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेसम्म देउवाको जवाफ माग गरेको थियो । देउवाको तर्फबाट मानवीय त्रुटीका कारण नागरिकता अनुसार मतदाता परिचय पत्रमा फरक जन्ममिति हुन गएको र सो नागरिकता र मतदाता परिचयपत्र भएको शेरबहादुर देउवा एउटै भएको भन्ने बारेमा स्थानीय तहबाट सिफारिस पत्र बनाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरिएको थियो ।

देउवाको नागरिकतामा जन्ममिति २००३ साल रहेको र मतदाता नामावलीमा २००२ साल रहेको देखिए पनि जन्म महिना र गते एउटै देखिएकोले सामान्य त्रुटीका रूपमा मात्र लिइएको मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए ।

साभार:- रातो पाटी

Previous Post

कबडी खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

Next Post

कुस्ती र खोखो खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

Next Post
कुस्ती र खोखो खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

कुस्ती र खोखो खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

by नेपाल टाइमलाइन न्यूज
February 14, 2023
0

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

by नेपाल टाइमलाइन न्यूज
February 14, 2023
0

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

by नेपाल टाइमलाइन न्यूज
November 27, 2022
0

भु उपयोग नीति कार्यन्वनमा जोड

भु उपयोग नीति कार्यन्वनमा जोड

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana