Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अस्ट्रेलिया बस्ने छोराबुहारीले दसैंमा आउँछौं भनेका थिए, ल्याउनुपर्ने भयो दुवैको शव

अस्ट्रेलिया बस्ने छोराबुहारीले दसैंमा आउँछौं भनेका थिए, ल्याउनुपर्ने भयो दुवैको शव

by नेपाल टाइमलाइन न्यूज
May 20, 2023
in समाचार
A A
0
अस्ट्रेलिया बस्ने छोराबुहारीले दसैंमा आउँछौं भनेका थिए, ल्याउनुपर्ने भयो दुवैको शव
9
SHARES
Share on FacebookShare on Twitter

रूपन्देहीका  सन्तोष अधिकारीले अघिल्लो शनिबार मात्रै अस्ट्रेलियाको मेलबर्नबाट घरमा फोन गरेका थिए। सियारी गाउँपालिका वडा नम्बर ४, छपिया रहेको उनको घरमा ८४ वर्षीया हजुरआमा जयकला, आमा पुनम र बुवा गणेश छन्।

 

भिडिओ-कलमा भएको उक्त कुराकानीमा सन्तोषले तीनै जनासँग लामो गफगाफ गरे। अब अस्ट्रेलियाको बसाइ छोट्याउने र आउने दसैंमा घर फर्किने तयारीमा रहेको सुनाए।

 

सन्तोषकी एक मात्र बहिनी शिल्पाको बिहे भइसकेको छ। बहिनीसँग पनि उनको भिडिओ-कलमा कुराकानी भइरहन्थ्यो।

 

छोरा अध्ययनका लागि सात समुद्रपारिको देश गए पनि भिडिओमा कुराकानीले भइरहने भएकाले परिवारलाई धेरै न्यास्रो हुन दिन्थेन। स्थानीय लिटल फ्लावर्स इङ्लिस सेकेन्डरी स्कुल सौ फर्साटिकरबाट एसइइ पास गरेका सन्तोषले बुटवलको तिलोत्तमा क्याम्पसबाट प्लस-टु पढेका थिए।

 

त्यसपछि कालिकानगरस्थित क्षितिज इन्टरनेसनल कलेजबाट बिबिए उत्तीर्ण गरे। विदेशमा गएर स्नातकोत्तर पढ्ने भन्दै २०७४ सालमा उनी अस्ट्रेलिया गएका थिए।

 

सन्तोषले अस्ट्रेलिया जानुअगाडि, २०७४ सालमै पूर्वी नवलपरासीस्थित रजहरकी प्रतिमा थापासँग बिहे गरेका थिए। सन्तोष बिहेलगत्तै अस्ट्रेलिया गए भने प्रतिमा ६ महिनापछि गइन्।

 

३३ वर्षीय सन्तोष र २४ वर्षीय प्रतिमा दुवै अस्ट्रेलियामा कमाउँदै पढ्दै थिए। नियमित रूपमा घरमा फोन गरिरहन्थे। बिहे गरेलगत्तै अस्ट्रेलिया गएका छोराबुहारी पाँच वर्षपछि दसैंमा पहिलोपटक घर आउने खबरले अधिकारी परिवारमा खुसी छाएको थियो।

 

हजुरआमाको हातबाट टीका लगाउने र आशीर्वाद थाप्न पाउने कुराले सन्तोष र प्रतिमा पनि उत्साहित थिए। परिवारसँगको कुराकानीमा उनीहरूले उक्त कुरा बताएका थिए।

 

तर अधिकारी परिवारको त्यो खुसी दुई दिन पनि रहन पाएन।

 

गत सोमबार मेलबर्नमा भएको सडक दुर्घटनामा सन्तोष र प्रतिमा दुवैले ज्यान गुमाए।

 

अहिले अधिकारी परिवार मात्र होइन, सिंगो छपिया गाउँ नै शोकमा डुबेको छ।

 

नेपाली समयअनुसार गत सोमबार साँझ साढे ६ बजेतिर सन्तोष र प्रतिमा कामबाट घर फर्किँदै थिए।

 

मृतक सन्तोषका काका सुनील अधिकारीका अनुसार अर्को दिशाबाट तीव्र गतिमा हुइँकिएर आएको कारले उनीहरूको कारलाई ठक्कर दियो।

 

२० वर्षीय युवकले चलाएको उक्त कार १ सय ४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा भएको स्थानीय प्रहरीले बताएको सुनीलले जानकारी दिए।

 

तीव्र गतिमा आएको कारले ठक्कर दिएपछि उनीहरूलाई ४० मिटर परसम्म घिसारेको थियो। प्रत्यक्षदर्शीका अनुसार सन्तोष र प्रतिमा दुवैको घटनास्थलमै मृत्यु भएको सुनीलले बताए।

 

सोमबार साँझ भएको उक्त दुर्घटनाको खबर छपियामा रहेका सन्तोषका परिवारले मंगलबार बिहान मात्रै पाएका थिए। मेलबर्नमा रहेका सन्तोषका आफन्त पुस्कर भुसालले घटनाबारे परिवारलाई जानकारी गराएका हुन्।

 

काका सुनीलका अनुसार छोराबुहारीको अप्रत्याशित मृत्युको खबरले उनीहरूको परिवार विक्षिप्त छ।

 

‘छोराबुहारी बितेको थाहा पाएपछि हजुरआमा र आमालाई सम्हाल्नै गाह्रो भएको छ। दसैंमा आउँछु हजुरआमा भनेर फोन गरेको नाति दुई दिनपछि बितेको खबर सुनाउँदा कस्तो भयो होला,’ सुनीलले भने।

 

मेलबर्नमा अध्ययनसँगै सन्तोष र प्रतिमा एज्डकेयरमा सँगै काम गर्थे।

 

‘पढ्न गएका छोराबुहारीले काम गरेर कमाइ पनि राम्रै गर्दै थिए। दैवको लीला यस्तै रहेछ! दुवै जनालाई एकैपटक चुँडेर लग्यो,’ सुनीलले भने।

 

मृतक दुवै जनाको शव पोस्टमर्टम गरेर नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको सुनीलले बताए।

 

‘दसैंमा छोराबुहारीलाई स्वागत गर्ने तयारी गरिरहेको घरमा दुवैको शव ल्याउनुपर्ने संकट आइलाग्यो। यस्तो अवस्था कसैलाई नपरोस्,’ उनले भने।

Previous Post

भर्ना सकिएपछि शुल्क निर्धारण

Next Post

निर्माण काममा गुणस्तरीयहीन देखिए पछि अनुगमन टाेलीले भत्काए पर्खाल

Next Post
भाेक्राहा नरसिंह गाउँपालिकामा संचालित विभिन्न याेजनाहरूकाे अनुगमन

निर्माण काममा गुणस्तरीयहीन देखिए पछि अनुगमन टाेलीले भत्काए पर्खाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana