काठमाडौँ, साउन ९ गते । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।





