Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

स्वस्तिक हस्पिटलको लापरबाही : पत्थरीको अप्रेसन असफल हुँदा मिर्गौला झिकियो, बिरामीको मृत्यु

स्वस्तिक हस्पिटलको लापरबाही : पत्थरीको अप्रेसन असफल हुँदा मिर्गौला झिकियो, बिरामीको मृत्यु

by नेपाल टाइमलाइन न्यूज
August 28, 2023
in समाचार
A A
0
स्वस्तिक हस्पिटलको लापरबाही : पत्थरीको अप्रेसन असफल हुँदा मिर्गौला झिकियो, बिरामीको मृत्यु
9
SHARES
Share on FacebookShare on Twitter

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिँदा मृत्यु भएको छ । आइतबार राति उनको मृत्यु भएको हो ।

 

पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएपछि डाक्टरले फेरि अप्रेसन गरेर बायाँ मिर्गौला नै झिकिदिएको चौधरीका आफन्तले जनाएका छन् ।

 

धनगढीस्थित स्वस्तिक मल्टिस्पेसियालिटी अस्पताल प्रालिमा शुक्रबार भर्ना गरिएका चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेका पत्थरी झिक्न अप्रेसन गरिएको थियो । बिरामीका भतिजा राजकुमार चौधरीकाअनुसार आइतबार दिउँसो ३ बजे अप्रेसन गरिएको थियो ।

 

‘अप्रेसन सकिएपछि डाक्टरले सुरुमा अप्रेसन राम्रो भो भने । झिकेको पत्थरी पनि देखाए । हामी खुसी भयौं,’ उनले भने, ‘करिब एक घन्टापछि भेट्न गयौँ । बुबाले पेट दुख्यो भन्नु भो, हामीले डाक्टरलाई भन्यौं, डाक्टरले सुई लगाए । तर निको भएन । पेट फुल्न थाल्यो । त्यसपछि हामी आत्तियौँ ।’

 

राजकुमारकाअनुसार राति ८ बजेतिर बिरामीलाई धेरै अफ्ठ्यारो भएको थियो । ‘त्यसपछि फेरि डाक्टरलाई जानकारी गरायौँ । अनि डाक्टरले त किड्नीको नसा काटियो, अत्यधिक रक्तश्राव भयो, अब बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने पो भन्न थाले,’ उनले भने, ‘त्यसपछि बाध्यतावस हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस्, हामी ज्यान रोज्छौं भन्यौँ ।’

 

राति २ बजे किड्नी निकालिएको उनको भनाइ छ । ‘तर फेरि आइतबार बिहान अस्पताल प्रशासनका व्यक्तिहरुले बिरामीको अवस्था क्रिटिकल छ भन्न थाले । बिरामीलाई आईसीयूमै राखिएको थियो । हामी भेट्न गयौँ । उहाँको त श्वास मात्रै बाँकी थियो,’ चौधरीले भने, ‘दिउँसो २ बजे डाक्टरले अब बचाउन सकिँदैन भन्न थाले ।’

 

चौधरीकाअनुसार बिरामीको मृत्यु भएपछि अस्पतालन प्रशासनले घटना लुकाउन पीडितको परिवारलाई पैसाको प्रलोभन देखाएको थियो । ‘आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले बिरामीको मृत्यु भइसक्यो, कति पैसा चाहिन्छ लिनुस्, हल्ला नगरिदिनु होला, लैजानुस् भन्न थाले।’

 

अस्पतालका अध्यक्ष जोशीले अप्रेसनका क्रममा अत्यधिक रक्तश्राव भएको र बायाँ मिर्गौला झिक्नु परेको बताए । ‘बिरामीको मृत्यु भइसक्यो, हामीले आफन्तलाई पनि भनिसक्यौं,’ जोशीले भने ।

 

बिरामीका आफन्तका अनुसार चार छोरी र दुई छोरा रहेका चौधरीलाई पेट दुख्ने समस्या पनि थिएन । घरको सिँढीबाट लडेर चोट लागेपछि उपचारका लागि धनगढी ल्याइएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएको भतिजा राजकुमार चौधरीले बताए । उनले भने, ‘अस्पतालमा एक लाखमा पत्थरीको अप्रेसनको कुरा भएको थियो ।’

Previous Post

श्री एयरको विमानसँग ठोक्किएको परेवा फेला, सञ्चालनमा आयो विमानस्थल

Next Post

कोशी प्रदेशमा आजदेखि बजेट होलिडे, काम कारबाही प्रभावित

Next Post
कोशी प्रदेशमा आजदेखि बजेट होलिडे, काम कारबाही प्रभावित

कोशी प्रदेशमा आजदेखि बजेट होलिडे, काम कारबाही प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana