कोशी । सशस्त्र प्रहरीले बाँकेका विभिन्न स्थानबाट झण्डै १३ लाख रूपैयाँको चोरीपैठारीका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० बागेश्वरी गण बाँके तथा गण मातहतका युनिटहरूले सोमबार बाँके जिल्लाका विभिन्न स्थानबाट १२ लाख ९४ हजार ४ सय २५ रूपैयाँ बराबरको चोरीपैठारीका सामान बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपालगञ्ज उपमहानगरपालिका-१६, चौलिका चोकबाट गणले करिब ३ लाख ३७ हजार ९ सय २० रूपैयाँ बराबरको लत्ताकपडा, किरानाका सामान, १ लाख ४९ हजार ६ सय रूपैयाँ बराबरको हार्डवेयरका सामान बरामद गरेको छ।
यसैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी जमुनाह) बाँकेले नेपालगञ्ज उपमहानगरपालिका-१५, जमुनाहबाट १ लाख ६२ हजार ९ सय ६० रूपैयाँ बराबरको लत्ताकपडा तथा किरानाका सामान बरामद गरेको छ।





