सप्तरी । सप्तरी कंचनरुप नगरपालिका- ९ खैरबनमा बिहिवार एक युवकको शव फेला परेको छ ।
शव कंचनरुप नगरपालिका-७ का २२ बर्षीय राहुल चौधरीको रहेको हो । उनी बुधबार विहानैदेखि घरबाट बाहिर रहेको परिवारजनले बताएको छ ।उनी घर नफर्किएपछि खोजतलास गर्ने क्रममा परिवारजनलाई बिहिबार दिउँसो पुर्वपश्चिम राजमार्गको सुन्दरी खोलाको पुलदेखी दक्षिण तर्फ उनको शव भेटियो । शव नग्न अवस्थामा रहेको प्रत्यक्षदर्शीहरुको भनाई छ । सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंह घटनाबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।





