इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक रुपमा छैठौ करम पुजा पूर्व सन्ध्या कार्यक्रम सुरु भएको छ । सुनसरीमा अन्य जिल्लाको तुलनामा बढी बाहुल्य रहेको उराँव समुदायको महान पर्व करम पुजा पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम शुरु भएको हो । उहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम शुरु गरेका हुन् ।
नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा कार्यक्रम पूर्व इनरुवाको विहीबारे हाटबाट जातिय पहिरण र पोसाक तथा बाजागाजा सहित उराँवहरूले जातीय पहिरनमा ¥याली निकालेका छन । उराँवको महान पर्वको बारेमा जानकारी दिन, संस्कृति , संस्कार तथा मौलिक भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम शुरु गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उरावले बताउनुभयो ।
कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले उरावहरूको हरेक कार्यक्रम इनरुवाका लागि एतिहासिक भएको उहाँहरुको सहभागीता र आरक्षणका लागि पहल गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले उराँवहरूको हक, अधिकार र पहिचानका लागि नगरपालिकाको तर्फबाट हुने सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका सम्पतलाल उराँवले आफूहरुको आफ्नै मौलिक पहिचान भएकाले यसको संरक्षणमा सबै निकायले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उरावहरूले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरनसहित नाचगान गर्ने, प्रवचन भन्ने र सुन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गर्ने शिक्षक परमेश्वर उराँवले उल्लेख गर्नुभयो । सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य र झाँकी प्रदर्शन गरेका छन् । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिएको नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठानका दुर्गा उराँवले बताउनुभयो ।
प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभुषा र भाषा, संस्कृति प्रति आकर्षित गर्न र पुर्खाको बारेमा जानकारी दिने उदेश्यले ¥याली र सांस्कृतिक कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँले उराँव समुदाय इनरुवा झोडा फँडानी भएका समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउने र एकता, सद्भाव र भाईचाराको सम्बन्ध स्थापीत गर्न ¥याली निकालेको उल्लेख गर्नुभयो ।
इनरुवामा निकालिएको ¥यालीमा धरान, इटहरी, दुहवी, रामधुनी, बराहक्षेत्र, इनरुवा, गढी, बर्जु, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह सहित १२ स्थानीय तहका २५ वटा उराँव समूहका गरि एक हजार बढीको सहभागिता रहेको थियो । यहाँ निकालिएको र्यालीमा सबै उमेर समूहका व्यक्तिहरु जातिय पहिरन, स्थानीय बाजागाजा सहित सहभागी भएका थिए । ¥यालीमा महिलाहरु आफ्नो पहिरनमा उत्साहजनक सहभागीता जनाएको प्रतिगठानका शारना उराँवले जानकारी दिनुभयो । लोपोन्मुख अवस्थामा पुगेको उराँव समुदायको मौलीक बाजागाजा, पोशाक समेत संरक्षण र प्रर्दशन गर्न ¥याली निकालेको अर्का जयकुमार उराँवले जानकारी दिनुभयो ।
१, नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा निकालिएको ¥यालीमा सहभागीहरु ।