Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा उराँव समुदायको करम पूर्व सन्ध्या   

इनरुवामा उराँव समुदायको करम पूर्व सन्ध्या  - जयकृष्ण यादव इनरुवा 

by नेपाल टाइमलाइन न्यूज
September 29, 2023
in समाचार
A A
0
इनरुवामा उराँव समुदायको करम पूर्व सन्ध्या   
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक रुपमा छैठौ करम पुजा पूर्व सन्ध्या कार्यक्रम सुरु भएको छ । सुनसरीमा अन्य जिल्लाको तुलनामा बढी बाहुल्य रहेको उराँव समुदायको महान पर्व करम पुजा पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम शुरु भएको हो । उहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम शुरु गरेका हुन् ।

नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा कार्यक्रम पूर्व इनरुवाको विहीबारे हाटबाट जातिय पहिरण र पोसाक तथा बाजागाजा सहित उराँवहरूले जातीय पहिरनमा ¥याली निकालेका छन । उराँवको महान पर्वको बारेमा जानकारी दिन, संस्कृति , संस्कार तथा मौलिक भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम शुरु गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उरावले बताउनुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले उरावहरूको हरेक कार्यक्रम इनरुवाका लागि एतिहासिक भएको उहाँहरुको सहभागीता र आरक्षणका लागि पहल गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले उराँवहरूको हक, अधिकार र पहिचानका लागि नगरपालिकाको तर्फबाट हुने सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका सम्पतलाल उराँवले आफूहरुको आफ्नै मौलिक पहिचान भएकाले यसको संरक्षणमा सबै निकायले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उरावहरूले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरनसहित नाचगान गर्ने, प्रवचन भन्ने र सुन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गर्ने शिक्षक परमेश्वर उराँवले उल्लेख गर्नुभयो । सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य र झाँकी प्रदर्शन गरेका छन् । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिएको नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठानका दुर्गा उराँवले बताउनुभयो ।

प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभुषा र भाषा, संस्कृति प्रति आकर्षित गर्न र पुर्खाको बारेमा जानकारी दिने उदेश्यले ¥याली र सांस्कृतिक कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले उराँव समुदाय इनरुवा झोडा फँडानी भएका समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउने र एकता, सद्भाव र भाईचाराको सम्बन्ध स्थापीत गर्न ¥याली निकालेको उल्लेख गर्नुभयो ।

इनरुवामा निकालिएको ¥यालीमा धरान, इटहरी, दुहवी, रामधुनी, बराहक्षेत्र, इनरुवा, गढी, बर्जु, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह सहित १२ स्थानीय तहका २५ वटा उराँव समूहका गरि एक हजार बढीको सहभागिता रहेको थियो । यहाँ निकालिएको र्यालीमा सबै उमेर समूहका व्यक्तिहरु जातिय पहिरन, स्थानीय बाजागाजा सहित सहभागी भएका थिए । ¥यालीमा महिलाहरु आफ्नो पहिरनमा उत्साहजनक सहभागीता जनाएको प्रतिगठानका शारना उराँवले जानकारी दिनुभयो । लोपोन्मुख अवस्थामा पुगेको उराँव समुदायको मौलीक बाजागाजा, पोशाक समेत संरक्षण र प्रर्दशन गर्न ¥याली निकालेको अर्का जयकुमार उराँवले जानकारी दिनुभयो ।

१, नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा निकालिएको ¥यालीमा सहभागीहरु । 

Previous Post

नायक अनमोल केसी पक्राउ

Next Post

सुनसरीमा गाँजा र मोटरसाइकलसहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा

Next Post
सुनसरीमा गाँजा र मोटरसाइकलसहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा

सुनसरीमा गाँजा र मोटरसाइकलसहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana