Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीकाे १२ वटै स्थानिय तहले बुझाएनन कराेडाै बिद्युत महसुल रकम

सुनसरीकाे १२ वटै स्थानिय तहले बुझाएनन कराेडाै बिद्युत महसुल रकम

by नेपाल टाइमलाइन न्यूज
October 9, 2023
in समाचार
A A
0
सुनसरीकाे १२ वटै स्थानिय तहले बुझाएनन कराेडाै बिद्युत महसुल रकम
9
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल बिद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि सुनसरीका १२ वटै स्थानिय तहले कराेडाै रूपैया बिद्युत महसुल रकम नबुझाएकाे विवरण सार्वजनिक गरिएको छ । प्राधिकरणले आइतबार शुल्क बुझाउन चेतावनी स्वाेरूप स्थानिय तहका नाम र बुझाउनुपर्ने शुल्क सहितकाे विवरण सार्वजनिक गरेकाे हाे ।

जसमा सुनसरीकाे १२ वटै स्थानिय तहले बिद्युत महशुल नबुझाएकाे प्रस्ट देखाएकाे छ । स्थानिय तहकाे क्षेत्र भित्र पर्ने राजमार्ग तथा भित्री सडककाे पाेलहरूमा जडान गरिएका बत्ती एवम कार्यालय समेतले प्रयाेग गरेकाे बिजुली महसुल नबुझाएकाे प्राधिकरणले उल्लेख गरेकाे छ । जसमा सबै भन्दा बढी इटहरी उपमहानगरले झन्डै ३ कराेड महशुल बुझाउन बाकि देखिएकाे छ । उपमहानगरले २ वटा बितरण केन्द्र मार्फत बिद्युत सेवा प्रयाेग गर्दै अाएकाे छ । जसमा इटहरी बितरण केन्द्र र इनरूवा बितरण केन्द्र रहेका छन ।

उपमहानगरले इटहरी बितरण केन्द्रकाे मात्रै २ कराेड ९६ लाख ९१ हजार ५१३ रूपैया ३६ पैसा प्राधिकरणलाइ बुझाउनु पर्ने देखिएकाे छ । त्यस्तै इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापतकाे २ लाख ६७ हजार ३ शय रूपैया बिद्युत महशुल बुझाउन बाकि देखिएकाे प्राधिकरणले विवरणमा उल्लेख गरेकाे छ । उपमहानगरले मुख्य राजमार्गमा जडान गरिएकाे बत्ती हुदै भित्र सडक बत्ती र कार्यालय स्वयमले प्रयाेग गरेकाे सेवा शुल्क समेत प्राधिकरणलाइ नबुझाएकाे उल्लेख गरेकाे छ । त्यस्तै धरान उपमहानगरले पनि सडक बत्ती बाले बापत र कार्यालयभित्र उपयाेग गरेकाे सेवा सहितकाे २ कराेड ५९ लाख ८१ हजार ९२४ रूपैया बिद्युत महशुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

त्यस्तै इनरूवा नगरपालिकाले २ कराेड ३८ लाख ८० हजार ३६३ रूपैया , रामधुनी नगरपालिकाले इटहरी बितरण केन्द्रबाट सेवा लिए वापतकाे ६१ लाख ९१ हजार , ३८५ रूपैया ९२ पैसा र इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापत ६७ लाख ९२ हजार ,४९ रूपैया ४६ पैसा बिद्युत महशुल बुझाउनुपर्ने देखिएकाे छ । त्यस्तै दुहबी नगरपालिकाले ८१ लाख ६७ हजार ११६ रूपैया ४ पैसा , बराह नगरपालिकाले १ कराेड ,६ लाख ४१ हजार १५ रूपैया महशुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

त्यस्तै गाउपालिकाहरूमध्ये सबैभन्दा बढी हरिनगरा गाउपालिकाले बिद्युत महशुल बुझाउनुपर्ने विवरणमा उल्लेख गरेकाे छ । हरिनगगराले इनरूवा बितरण केन्द्रबाट सेवा लिए बापतकाे १ कराेड ३८ लाख ३७ हजार ३६४ रूपैया बिद्युत महशुल बुझाउनुपृने उल्लेख गरिएकाे छ भने काेशी गाउपालिकाले ३३ लाख ७६ हजार ८०९ रूपैया ८० पैसा , भाेक्राहा गाउपालिकाले ८७ लाख ४२ हजार ७१४ रूपैया ३२ पैसा , देवानगञ्ज गाउपालिकाले १ कराेड , १ लाख ५७ हजार ९६० रूपैया १५ पैसा , गढि गाउपालिकाले दुहबी बितरण केन्द्रबाट सेवा लिए बापतकाे २५ लाख ८७ हजार ७९२ रूपैया ९६ पैसा र इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापत ५ लाख ३४ हजार ६ सय रूपैया बिद्युत महशुल बुझाउनुपर्ने देखिएकाे छ । त्यसैगरी बर्जु गाउपालिकाले ९ लाख २७ हजार ८२८ रूपैया ७५ पैसा बिद्युत महसुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

प्राधिकरणकाे प्रधान कार्यालय काठमाडाैले पटक पटक पत्रचार गर्दा पनि अटेर गर्दै बिद्युत महशुल नबुझाएपछि देशभर ३ सय ३२ स्थानीय तहहरुको नाम र बुझाउनुपर्ने महशुल शुल्क सहितकाे विवरण सार्वजनिक गरेकाे हाे ।जसमा सुनसरी माेरङ झापाका कुनै पनि स्थानिय तहहरूले राजमार्ग तथा भित्री सडकमा प्रयाेग गरिएका बत्ती र कार्यालयहरूमा लिएकाे सेवा बापतकाे बिद्युत महसुल नबुझाएकाे भन्दै प्राधिकरणले देशभर ३३९ वटा स्थानिय तहहरूकाे विवरण सार्वजनिक गरेकाे हाे । प्राधिकरणले उक्त महसुल शुल्क ४५ दिन भित्र नबुझाए बिद्युत महसुल संकलन विनियमावली २०७८ काे विनियम १० काे प्रावधान बमाेजिम कार्वाहि प्रकृिया अघाडी बढाउने चेतावनि समेत दिएकाे छ ।

Previous Post

दसैं-तिहारमा ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने

Next Post

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Next Post
नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana