सुनसरी । इनरुवा नगरपालिकालाई बालमैत्री बनाउने उदेश्यले सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ बबियामा बाल भेला सहित बबिया बाल क्लव गठन गरिएको छ । बबिया गाउँटोल भेलाबाट पदाधिकारी तथा सदस्यहरु चयन गरिएको इनरुवा नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । शाखाको अगुवाईमा सबै वडामा बाल क्लव गठनको अभियान चलाएकोमा सनिबार हिमानी यादवको अध्यक्षतामा इनरुवा ९ मा गाउँटोलका बालबालिकाहरु समिलित बबिया बाल क्लब गठन गरिएको हो । क्लबमा १० वर्ष देखि १८ वर्ष उमेरसमूहका बालबालिकालाई समेटीएको छ । समुदायमा आधारित बबिया बाल क्लबको उपाध्यक्षमा लक्ष्मी शर्मा खत्वे, सचिवमा श्रवण मेहता, सहसचिवमा सन्तोशी शर्मा खत्वे र कोषाध्यक्षमा निशु यादव चयन भएका छन । त्यसैगरी सदस्यहरुमा रोशनी यादव, अमन यादव, नन्दनी शर्मा, नेहा यादव, स्वेक्षा यादव, अस्मिता यादव, सोनम यादव, पुनम यादव, बन्दना यादव, साजन यादव, हेमन्त यादव, पुजा यादव, प्रियंका यादव, पार्वती मेहता, मन्दिप यादव र सविता शर्मा चयन हुनुभएको छ । बबिया बाल क्लवको संरक्षकमा देवकृष्ण यादव रहनुभएको इनरुवा नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका विनिता ठाकुरले जानकारी दिनुभयो
।





