Monday, December 22, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बक्रईद हर्षाेउल्लासका साथ मनाउदै

बक्रईद हर्षाेउल्लासका साथ मनाउदै

by नेपाल टाइमलाइन न्यूज
June 17, 2024
in समाचार
A A
0
बक्रईद हर्षाेउल्लासका साथ मनाउदै
9
SHARES
Share on FacebookShare on Twitter

सुनसरी ।  मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरईद सुनसरी सहित देशभर र विश्वका मुस्लिमहरुले हर्षाेउल्लासका साथ मनाउदै छन् । जिल्लाको सदरमुकाम इनरुवा, काेशी, हरिनगर, भाेक्राहा नर्सिङ, रामधुनी, इटहरी , धरान, गढि, दुहबी , बर्जु लगायत जिल्लाभर ईदुल अजहा अर्थात बकरईद मुस्लिम धर्मावलम्वीहरु हार्साेउलासका साथ मनाई रहेका छन् ।

विभिन्न स्थानहरुमा रहेका ईदगाह तथा मस्जिदहरुमा भेला भई सामुहिक नमाज पढेर एक आपसमा अकमाल गरि एकआपसमा जिवनभरि रहेको रिश्भिहरुलाई आजका दिन प्रेममायामा बदलि अकमाल गरि एकआपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन ।

ईदुल अजहा अर्थात बकराईदको नमाज पढी सके पछि मुस्लिम धर्मावलम्वीहरु आआफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् । मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि ईब्राहिम अलिहि सलामले आफ्नो प्यारो छोरा ईस्माईल अलिहि सलामको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईल अलहि सलामको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ ।

आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माईल अलिहि सलामलाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा तथा पाठीहरुको बली दिएर सुनसरीका मुस्लिमहरुले ईदुल अजहा अर्थात बकरा ईद मनाई रहेका छन् ।

कुरवानीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरीबहरु जसको कुरबानि गर्ने पैसा हुदैन, उनिहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई ईस्टमित्रहरुमा बाडने र तेस्रो भागमासुलाई घरपरिवारमा बनाएर खाने गर्दछन् ।

इस्लाम धर्मलम्बीहरुको दोस्रो ठुलो महान चाडपर्ब बकरा ईद इदुल अजहा २०८१ असार ३ गते साेमबारका दिन परेकाले आजकाे दिन नेपाल सरकारले सार्वजानिक विदा दिएकोमा मुस्लिम धर्मावलम्वीहरु नेपाल सरकार प्रति खुशि ब्याक्त गरेका छन ।

मुस्लिम धर्मावलम्वीहरु इस्लामी महिनाको अन्तीम महिनाको तिन दिन १०, ११ र १२ तारिखको दिन कुरबानी मनाइन्छ । तिन दिन सम्मा बुरबानी गर्ने गर्द छन ।

यसै क्रममा मदरसा जामिया फारुकिया निदायक हक कापिलवस्तु तौलिहवाका गुरु हजरत मौलाना जाहिरुद्दिन अन्सारी सँगकाे कुरबानि सम्बान्धि दिएका जानकारी यसप्रकार रहेको छ ः—

१ . कुरबानीको इतिहास यसप्रकार छ ः— इस्लाम धर्म अनुसार कुरबानी हजरत इब्राहिम अलहीइस्लामको सुन्नत हो । सुन्नत भनेको जुन काम अल्लाहको खुसीका लागि पैगम्बरहरुले गर्नुु पर्छ । अल्लाहतालाले कुरबानी आफनो अन्तीम नबी हजरत मोहम्मद मुस्तफा सल्लाहु अलैही वसल्मको उम्मतका लागि राखीएको थियो । कुरान शरिफमा अल्लाहको आदेश छ । भाग नं ३० पाठ न. १०८ आयत नं २ मा उल्लेख गरिएको छ । अफनो अल्लाह को लागि नमाज पढा र कुरबानी गरा । अब हेरनु कुरबानी नवीको सुन्नत पनि हो । अनि आल्लाहको हुकुम पनि कुरबानी रहेको छ । कुरबानी वाजिब इबादत हो । कुरबानी गर्नु सबैभन्दा ठुलो धर्म रहेको छ ।

२ . कस्तो व्याक्तीले कुरबानी गर्न सक्छ ः— कुरबानी गर्ने व्याक्तिको जिम्मा आवश्यक्ता बहेक साढे सात तोला सुन अथवा साढे बाउन तोला चादी वा सुन चादीको मुल्य बराबारको रकम छ भने त्यस्तो व्यात्तिले कुरबानी गर्नु पर्छ । यदी त्यस्तो व्याक्तिले कुरबानी गरेन भने त्यो अल्लाहको नजरमा उतm ब्यातिm गुनेहगार हनेछ ।

३ . कुरबानीको मासु कसरी खाने ः— कुरबानी गरेसकेपछी मासुलाई तिन भागमा बढ्नु पर्छ एक भाग गरिब लाई दिनुपर्छ । जो गरिबले विभिन्न कारणले गर्दा कुरबानी गर्न सक्दैन त्यस्तो व्याक्तीलाई दिए अल्लाहताला खुशि हुन्छन । दोस्रो भाग आफनो इष्ट मित्र नातेदार वा साथिहरुलाई खुवाउनु अथवा बाडनु पर्छ । तेस्रो भागको मासु आफनो घरको परिवारमा खानलाई दिनुपर्ने कुरा कुरानमा उल्लेख गरएिको छ ।

४ . कुरबानीका लागि कस्तो जनाबरको कुरबानि गर्नु उपयुक्त हुन्छ ः— कुरबानीका लागि खसी, भेडा,गाई भैसी, रागाँ उटको कुरबानी गरिन्छ । तर हाम्रो नेपालमा हामीले गाईको पुजा गर्ने गर्दछ। अनि गाई राष्ट्रिय जनावार भएकाले नेपाली मुस्लिमले गाईको कुरबानी दिदैन तर बाहिरी देशमा गाईको कुरबानी दिने चलन रहेको छ । गाई, भैसी, उटको कुरबानी गर्दा ७ जना मिलेर गरेपछी कुरबानी कबुल भएको मानिन्छ ।

 

Previous Post

त्रिभुवन आर्मी र सुनसरी सेमिफाईनलमा

Next Post

गढी गाउँपालिकामा किसानहरूलाई उन्नत जातका धान बीउ वितरण

Next Post
गढी गाउँपालिकामा किसानहरूलाई उन्नत जातका धान बीउ वितरण

गढी गाउँपालिकामा किसानहरूलाई उन्नत जातका धान बीउ वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

by नेपाल टाइमलाइन न्यूज
December 20, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana