Friday, February 6, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौं : मन्त्री पाण्डे

पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौं : मन्त्री पाण्डे

by नेपाल टाइमलाइन न्यूज
January 25, 2025
in समाचार
A A
0
पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौं : मन्त्री पाण्डे
8
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताउनुभएको छ । ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । “हाल २४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ । नेपालको भूगोलअनुसार २४६ जना मात्र पर्यटक प्रहरी रहनु एकदमै न्यून हो”, उहाँले भन्नुभयो, “यसलाई बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल गरिरहेको छ ।”

२४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन् । अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन । “माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाइ स्थापना गर्ने निर्णय भइसकेको छ”, उहाँले भन्नुभयो, “यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्छ ।”

पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ‘अतिथिदेवो भवः’को रूपमा व्यवहार गर्न सके पर्यटकको संख्या बढाउन सकिने उहाँको भनाइ छ । पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एकपटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटकपटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको उहाँले उल्लेख गर्नुभयो ।

Previous Post

मन्त्री मण्डलको प्रमुख आतिथ्यतामा काँटा महाराजथान संरक्षण संस्थाको वार्षिक सभा सम्पन्न

Next Post

भोकाहा नरसिंह गाउँपालिकाको १७औं हिउँदे अधिवेशन सुरु, सेवा निवृत्त कर्मचारी र शिक्षकलाई सम्मान

Next Post
भोकाहा नरसिंह गाउँपालिकाको १७औं हिउँदे अधिवेशन सुरु, सेवा निवृत्त कर्मचारी र शिक्षकलाई सम्मान

भोकाहा नरसिंह गाउँपालिकाको १७औं हिउँदे अधिवेशन सुरु, सेवा निवृत्त कर्मचारी र शिक्षकलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana