Friday, January 30, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंहमा एचपीभी खोप अभियान, माघ २८ गतेदेखि सञ्चालन हुने

भोक्राहा नरसिंहमा एचपीभी खोप अभियान, माघ २८ देखि २६ सय बालिका लक्षित

by नेपाल टाइमलाइन न्यूज
January 28, 2025
in समाचार
A A
0
भोक्राहा नरसिंहमा एचपीभी खोप अभियान, माघ २८ गतेदेखि सञ्चालन हुने
11
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र यादव, सुनसरी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपीभी (ह्युमन पेपिलोमाभाइरस) खोप अभियान २०८१, माघ २८ गतेदेखि भोक्राहा नरसिंह गाउँपालिकामा सञ्चालन हुने भएको छ। गर्भाशय क्यान्सरजस्ता गम्भीर रोगको रोकथामका लागि आयोजना गरिएको यस अभियानले गाउँपालिकाका २६ सयभन्दा बढी बालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।

गाउँपालिकाको कार्यपालिकाको कार्यालयको आयोजनामा सञ्चालन हुन लागेको अभियानले कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययनरत बालिकाहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकाहरूलाई समेट्नेछ।

जिल्ला स्वास्थ्य कार्यालय, सुनसरीका खोप शाखा प्रमुख अमोल चौधरीले बालिकाहरूको स्वास्थ्य सुरक्षाका लागि खोपको महत्त्वबारे जानकारी गराउँदै गर्भाशय क्यान्सरजस्ता रोगबाट बचाउन यो अभियान निर्णायक हुने विश्वास व्यक्त गरेका छन्।

अभियान सञ्चालन गर्न पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भइसकेको छ। गाउँपालिकाका सबै वडामा एकसाथ सञ्चालन हुने यस अभियानले विद्यालय र समुदायस्तरमै पुगेर बालिकाहरूलाई खोप लगाउने व्यवस्था मिलाएको छ।

समुदायका सबै अभिभावकलाई आफ्ना बालिकाहरूलाई खोप लगाउनका लागि सक्रिय सहभागीता जनाउन आयोजकले आग्रह गरेको छ। यो अभियानले बालिकाहरूको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

Previous Post

भण्टाबारीमा भव्यता साथ सम्पन्न वार्षिक शैक्षिक, सांस्कृतिक तथा आमसभा कार्यक्रम

Next Post

धरानमा मेडिकल संचालक लागू औषधसहित पक्राउ

Next Post
धरानमा मेडिकल संचालक लागू औषधसहित पक्राउ

धरानमा मेडिकल संचालक लागू औषधसहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana