Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी प्रदेश पर्यटन वर्ष २०८२: नीतिगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोशी प्रदेश पर्यटन वर्ष २०८२: नीतिगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
March 10, 2025
in समाचार
A A
0
कोशी प्रदेश पर्यटन वर्ष २०८२: नीतिगत अन्तरक्रिया कार्यक्रम सम्पन्न
14
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा कोशी प्रदेश पर्यटन वर्ष २०८२ सम्बन्धी नीतिगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीको अध्यक्षतामा इटहरी उपमहानगरपालिका–२ स्थित रोयल रिसोर्टको सभाहलमा आयोजना गरिएको हो।

कार्यक्रममा कोशी प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, मुख्यमन्त्री कार्यालयका राज्य मन्त्री सृजना राई, कृषि उद्योग तथा सहकारी मन्त्री खगेनसिंह हाङगम, पर्यटन वन तथा वातावरण सचिव विशाल घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख राजन अधिकारीसहित विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रदेश सरकारले पर्यटन वर्ष २०८२ लाई सफल बनाउन आवश्यक नीतिगत योजना, पर्यटकीय सम्भाव्यता तथा पूर्वाधार विकासका विषयमा गहन छलफल गरिएको थियो। कोशी प्रदेशका पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै दीर्घकालीन रणनीति निर्माणका लागि विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ।

सहभागी वक्ताहरूले निजी क्षेत्रसँग सहकार्य गरी विदेशी पर्यटकहरू भित्र्याउने रणनीति अपनाउनु आवश्यक रहेको औंल्याए। साथै, कोशी प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार विकास, प्रचार-प्रसार, तथा सहज लगानी वातावरण निर्माणमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो।

Previous Post

नेपाल राष्ट्रिय शिक्षक संगठन भोकाहा नरसिंह गाउँ कमिटीको तेस्रो अधिवेशन सम्पन्न

Next Post

दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana