Wednesday, December 10, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी कटान चेकपोष्ट घटनापछि अध्यक्ष अंसारीको स्पष्टीकरण: प्रहरी संगठनप्रति कुनै द्वेष छैन 

कोशी कटान चेकपोष्ट घटनापछि अध्यक्ष अंसारीको स्पष्टीकरण: प्रहरी संगठनप्रति कुनै द्वेष छैन 

by नेपाल टाइमलाइन न्यूज
June 9, 2025
in समाचार
A A
0
कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारीद्वारा फागु पूर्णिमाको शुभकामना
15
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रको ट्राफिक प्रहरी चेकपोष्टमा गत शुक्रबार भएको घटनाप्रति कोशी गाउँपालिका अध्यक्ष ऐयुब अंसारीले स्पष्टीकरण दिएका छन्।

उक्त घटनालाई सामाजिक सञ्जालमार्फत उनको राजनीतिक जीवनसँग जोडेर प्रचारप्रसार हुन थालेपछि अध्यक्ष अंसारीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता सार्वजनिक गरेका हुन्।

अध्यक्ष अंसारीका अनुसार सो चेकपोष्टमा स्थानीय बासिन्दाले बारम्बार सास्ती खेप्नु परेको गुनासो आइरहेका थिए। घटनाको दिन स्थानीय र ट्राफिक प्रहरीबीच विवाद भएको जानकारी पाएपछि जनप्रतिनिधिको हैसियतले उनी उक्त स्थानमा पुगेका थिए।

“त्यहाँ पुगेपछि चेकपोष्टमा कार्यरत दुई जना ट्राफिक प्रहरीद्वारा स्थानीयलाई दुर्व्यवहार र सास्ती दिने गरेको गुनासो पुष्टि भएकाले उनीहरूसँग छलफल गर्ने क्रममा केही चर्काचर्की भएको हो,” प्रेस विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष अंसारीले उक्त घटनामा प्रहरी संगठनप्रति कुनै व्यक्तिगत द्वेष नरहेको स्पष्ट पार्दै भनेका छन्, “प्रहरी संस्था प्रतिको मेरो उच्च सम्मान छ। गलत गर्ने व्यक्तिप्रति मात्र आपत्ति जनाइएको हो।”

साथै उनले घटनाका क्रममा जनप्रतिनिधिको भूमिकामा रहँदा बोल्न नहुने शब्द प्रयोग भएकोप्रति आत्मआलोचना पनि गरेका छन्।

अध्यक्ष अंसारीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सत्य तथ्य नबुझी हतारमा प्रचार नगर्न र आफ्नो राजनीतिक जीवनसँग यस घटनालाई जोडेर गलत सन्देश नपठाउन सार्वजनिक अपिल गरेका छन्।

Previous Post

५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

Next Post

सुनसरी–४ मा ६७ करोड ८१ लाखको विकास बजेट स्वीकृत, सांसद कार्की र मन्सुरीको सक्रियतामा १७ ठूला योजना कार्यान्वयनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana