रबिन्द्र कुमार यादव। इनरुवा साउन २७ गते । पछिल्लो समय जिल्ला अस्पताल सुनसरीमा विगतका सुधार प्रयासहरू पच्छिलो समय समस्या ग्रष्त बनेको छ। अस्पतालमा सुधारको नेतृत्व गरेका तत्कालीन मेसु डा. देवराज घिमिरेको कार्यकालपछि परिस्थितिमा नाटकीय परिवर्तन आएको स्थानीयहरू बताउँछन्। व्यवस्थापन समितिका अध्यक्षको हस्तक्षेपका कारण सुधारिएको अस्पताललाई ‘पूर्ण रेफर सेन्टर’को दिशामा लैजाने निर्णय भएको स्रोतको दाबी छ।
मेसु डा. श्रेया पंगेनीको कार्यकालमा काममा दिएको , निरन्तरता उहाँको फरक शैलीको कार्य अथक प्रयासले सुरुवात पछी अस्पतालप्रतिको सेवाग्राहीको विश्वास बढ्दै गएको सेवाग्राहीको चाप थेक्न नसक्ने भएका थिए । डाक्टर श्रेया पंगेनीको काम गर्ने शैली आफै दिन रात खटिनुहुन्थ्यो। उहाँको कार्यकालपछि डा. सन्तोष राईले पनि सुधारको प्रयास गरे तर व्यवस्थापन समितिका अध्यक्ष राजन मेहताले ‘बदनियतपूर्ण’ तरिकाले महिना नबित्दै सरुवा गराएको आरोप समाचार स्रोतले लगाएको छ।
अहिले अस्पताल पुनः पुरानै परामा फर्किएको आरोप बाहिर आएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहतामाथि अस्पताल बिगार्न प्रत्यक्ष हस्तक्षेप गरेको र राजनीतिक दम्भ देखाएको आरोप लगाएका छन्। अस्पतालमा सेवाग्राहीको सहज पहुँचमा असर पार्ने काम गरेको आरोप स्थानीयले लगाए। मेहतामाथि अस्पताल सेवा भन्दा कमिसन, मागि खाने भाडो बनाएको यहाँका कर्मचारी र स्रोतहरूले आरोप लगाएका छन् ।
शंकास्पद गतिविधि केही यस्ता तथ्यहरू
- करार पदपूर्तिबाट विज्ञापन गरेको , स्वास्थ्य मन्त्रालय कोशी प्रदेश लिखित र लिखित परीक्षा लिने जानकारी थाहा भएपछि सेटिगं नमिल्ने हुँदा राजन मेहताले ठाडाे निर्देशनमा शनिबार परीक्षा स्थगित गरेको थियो।
- शशि शाहको श्रीमतीलाई नियुक्ति गरेको प्रशासनमा बुझ्दा हालसम्म तलब भत्ता नदिएको यस आ.ब. मा म्याद थप नभएकाे जानकारी गराए पनि बिहान ८ बजेदेखि साझा ५ बजे हाजिरी गरेर जाने गरेको पाइएको छ।
- अस्पताल उपलब्ध गराएको गाडी भन्दा बढी कार्यालय प्रमुख मेशु डा . अमितव ठाकुर ले शशी शाहकै गाडी प्रयोग गर्ने र सँगै घुम्ने गरेका र शशी साहले बाहिर हाकिम मेराे गाेजीमा लिएर हिँडेको, म संग दुशमनी लिने डा. हटाएर छाेडे दम्भ देखाउने गरेकाे छ ।
- औषधि खरिद सम्बन्धमा प्रशासन संग जानकारी माग्दा नियम विपरीत खरिद गरेको औषधिहरु सबै फिर्ता गरिसकेकाे र टेण्डर प्रक्रियाकाे लागि काम थालिसकेकाे जानकारि दिएका छन् ।
यस्तै, अस्पताल प्रमुखसँग सम्पर्क गर्दा बीमा रकम १४ महिनादेखि नपाएकोबारे सोध्दा उनले “यो प्रशासन प्रमुखसँग बुझ्नुस्”भन्दै फोन काटिदिएका थिए।
जिल्ला समन्वय समिति सुनसरीको संरचनाअनुसार जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वतः समिति प्रमुख रहन्छन्। तर हाल अध्यक्ष राजन मेहताको कार्यशैलीकै कारण अस्पताल सुधारयात्रा धराशायी भएको बताइन्छ।
फोन सम्पर्कमा गोलदमटोल र जवाफ नदिने प्रवृत्ति विवादास्पद सरुवा, कर्मचारीमाथि दबाब, तलब–बीमा रकम नदिने र औषधि खरिदमा मिलोमतोबारे प्रतिलिपि लिन अध्यक्ष राजन मेहतालाई फोन सम्पर्क गर्दा, यहाँले “म मन्त्रालयमा छु, प्रश्न सुने पछि कुरा गरौं” भन्दै स्पष्ट जवाफ दिन अस्वीकार गरेका छन्।
यस्तै, अस्पताल प्रमुखसँग सम्पर्क गर्दा बीमा रकम १४ महिनादेखि नपाएकोबारे सोध्दा उनले “यो प्रशासन प्रमुखसँग बुझ्नुस्”भन्दै फोन काटिदिएका थिए।
स्थानीय स्रोतका अनुसार, औषधि व्यापारी शशी शाह र अस्पताल प्रमुख डा. अमिताभ ठाकुरबीचको मिलोमतोमा औषधि खरिद भएको छ। यससँगै शशी शाहकी पत्नीलाई अध्यक्ष राजन मेहता र अस्पताल प्रमुखको मिलोमतोमा नियुक्ति गरेको दाबी छ। तर यसबारे दुवैले कुनै प्रत्यक्ष प्रतिक्रिया दिएका छैनन्।
अस्पतालमा खटिएका सात सुरक्षा गार्डमध्ये दुईले राजीनामा गरिसकेका छन्। कमाण्डर नवीनसहित अन्य एक जना पनि राजीनामा दिन तयार अवस्थामा छन्। करार दरबन्दीका कर्मचारीहरू महिनौँदेखि तलब नपाएको, बीमा रकम रोकिएको र मानसिक तनाव भोगिरहेको गुनासो गरेका छन् ।
अस्पतालको सूचना शाखा प्रमुख शेखर रेग्मीले विशेषज्ञ डाक्टर नभएकै कारण बिरामीको चाप घटेको बताउँछन्। तर स्थानीयहरू भन्छन्, यो केवल कारण होइन, वास्तविक समस्या भनेको व्यवस्थापन तहको हस्तक्षेप र भ्रष्टाचार हो, जसले अस्पताललाई ‘पूर्ण रेफर सेन्टर’को दिशामा धकेल्दै छ।
स्थानीयवासी र सेवाग्राहीहरूले अध्यक्ष राजन मेहताको प्रत्यक्ष संलग्नता र जवाफदेहिताको अभावप्रति गम्भीर प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा, यदि तत्काल सुधारका कदम चालिएनन् भने, जिल्ला अस्पताल सुनसरी फेरि वर्षौँअघिको जस्तो कमजोर, गैर-जिम्मेवार र सिफारिस केन्द्रित संस्थामा परिणत हुने स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन्। ।





