Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विश्व क्रिकेटको शक्ति राष्ट्रसँग कस्तो खेल्ला नेपालले ?

विश्व क्रिकेटको शक्ति राष्ट्रसँग कस्तो खेल्ला नेपालले ?

by नेपाल टाइमलाइन न्यूज
August 30, 2023
in खेलकुद
A A
0
विश्व क्रिकेटको शक्ति राष्ट्रसँग कस्तो खेल्ला नेपालले ?
9
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्ष पछि बल्न नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ। एसिया कपमा बुधबार डेब्यू गर्दा नेपालले विश्वको नम्बर एक टिम पाकिस्तानसँग उद्‌घाटन खेल खेल्नेछ।

 

पाकिस्तानको मुल्तानमा हुने खेलमार्फत् नेपालको लामो समयदेखि पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुँदैछ।

 

पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो। भर्खरै अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३-० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो।

 

पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन्। पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ। यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन्।

 

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन्। उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ। अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन्।

 

Metro Mart

worldlink

१० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो। विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ। पौडेलले खेलअघि पाकिस्तानविरूद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए।

 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास हुनेछ। यस्तै अलराउन्डर गुल्सन झा पनि नेपालको आसा हुन्। आइसिसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ।

 

बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नु पर्नेछ। यस्तै स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन्। उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ।

 

एसिया कपका लागि नेपालले एक साता पाकिस्तानको कराँचीमा तयारी गरेको थियो। त्यसअघि नेपालले दुई साता श्रीलंकामा बन्द सत्र सञ्चालन गरेको थियो। पाकिस्तान र श्रीलंका दुवै स्थानमा तयारी गर्ने अवसर पाएकाले नेपालले एसिया कपमा राम्रो क्रिकेट खेल्ने प्रशिक्षक मोन्टी देसाइले बताउँदै आएका छन्।

 

श्रीलंकामा बन्द सत्र सञ्चालन गर्नुअघि नेपालले भारत र पाकिस्तानसँगको ‘ए’ टिमसँग एसिसी इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गरेको थियो। तर दुवै टिमसँगको समूह चरणको खेलमा नेपालले खराब प्रदर्शन गर्दा नमिठो हार ब्यहोर्न बाध्य भएको थियो। त्यसैले नेपालले एसिया कपमा आफ्नो खेल सुधार गर्न थप परिश्रम गर्नुपर्ने देखिन्छ।

 

एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिँदैछन्।

 

पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन्। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले खेलहरु श्रीलंकामा पनि हुन लागेका हुन्। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

 

एसिया कप २०२३ का खेलहरु ५० ओभरको हुनेछन्। सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो। एसिया कपका सबै नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन्।

६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर-फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्।

 

भदौ १३ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ। प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन्।

 

नेपाली टिम

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

 

खेल तालिका

नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)

बंगलादेश भर्सेस श्रीलंका – भदौ १४ (श्रीलंका, क्यान्डी)

पाकिस्तान भर्सेस भारत – भदौ १६ (श्रीलंका, क्यान्डी)

बंगलादेश भर्सेस अफगानिस्तान – भदौ १७ (पाकिस्तान, लाहोर)

नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)

अफगानिस्‍तान भर्सेस श्रीलंका – भदौ १९ (पाकिस्तान, लाहोर)

सुपर फोर – भदौ २० देखि भदौ २९ सम्म

फाइनल – भदौ ३१

Previous Post

कोशी गाउँपालिकामा राष्ट्रिय शारदा आधारभुत विद्यालयमा रहेको पठनपाठन नियमित नभएको गुनासो

Next Post

श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

Next Post
श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana