बिराटनगर । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा मिरमिरे जनहित क्लब आयोजनामा प्रथम मिरमिरे जनहित गोल्ड कप २०८० समापन भएको छ ।
७ गते देखि सुरु भएको खेल १५ गते सेमिफाइनलमा पुगी १६ गते इनरुवा एफ.सि र संगम उराँव क्लब अन्तिम खेलको प्रतिस्पर्धा खेलमा इनरुवा एफ.सि प्रथम भएका छ।
सप्तकोशी एफ.सि.,सुबोधलाल स्मृति क्लब.,संगम उराँव क्लब, नमुना यू. एफ., सि,मिरमिरे जनहित क्लब इनरुवा एफ.सि,इक्राही एफ.सि.,उराँव टाईगर क्लब सहित दश क्लबहरु सहभागिता रहेको थियो ।
प्रमुख अतिथी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद ,विशिष्ट उपाध्यक्ष सुनिता कुमारी उराँव अतिथीहरुमा स्वस्थ्य शाखा प्रमुख हिरालाल शाह , वडा नं १ वडा अध्यक्ष ,युवराज दाहाल, नेपाली काङ्ग्रेस सभापति ,प्रहरी इन्चार्ज – कृष्ण पाया, शिक्षक- कृष्ण राज विष्ट लगाएतका उपस्थिति रहेको मिरमिरे जनहित क्लब कार्यवाहक अध्यक्ष प्रतिक्षा दाहाल जनाकारी दिनु भयो ।
अध्यक्ष अजमल अख्तर आजादले खेल देशभर खेल संरचना निर्माण गर्ने अनि खेल प्रतिभा पहिचान गर्ने उद्देश्य राखेने सबै किसिमको खेल हुनु पर्ने सहयोग गर्ने बताए ।