Friday, March 6, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न

भोक्राहामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
November 16, 2023
in खेलकुद
A A
0
भोक्राहामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न
12
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । कालीथान मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीको सहभागिता थियो ।

 

प्रतियोगितामा ५० केजीदेखी १२० केजीसम्म तौल उमेर समूहका मोन्टी पहलमान, रबी पहलमान, कालु पहलमान, रितेश पहलमान, सोभितकुमार यादव, सतिशकुमार यादव, लक्की थापा, भरतकुमार, बाबा लाडी, ओमकार पहलमान, समसेर पहलमान, बिक्की पहलमान, रामु पहलमान, सोनु पहलमान, रिजवान गणी, मोहित पहलमान, कल्कु पहलमान, भेसा पहलमानसहित १९ जोडीमा ३८ खलिफाहरुले कुस्ती खेल्नुभएको थियो ।

 

प्रतियोगितामा भारतको राजधानी नयाँ दिल्लीसहित बनारस, जम्मुकस्मिर, विहार, लखनौ, राजस्थान, पञ्जाबसहितका राज्यका र नेपालको बारा, पर्सा, सुनसरी र सप्तरीका खलिफाहरुले कुस्ती प्रदर्शन गर्नुभएको थियो ।

 

प्रतियोगिताका प्रमुख अथिति एवम् पूर्व उपप्रधानमन्त्री तथा हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसको मौलिक पहिचानसँग र संस्कृतिसँग जोडिएको तर लोपोन्मुख अवस्थामा पुगेको कुस्ती खेलको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएकोमा खुसी व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खर आजाद, भोक्राहा नरसिंह गाउँपालिका २ का वडा अध्यक्ष आलम अन्सारी, ४ का वडा अध्यक्ष हारुन अन्सारी, ६ का वडा अध्यक्ष सेराजुद्धिन अन्सारी र ७ का वडा अध्यक्ष बौवालाल यादव लगायतका जनप्रतिनिधि र स्थानीय नेताहरुको उपस्थिति थियो ।

 

कार्यक्रममा नेपाल र भारतका नाम चलेका खलिफाहरुको उपस्थिति रहेकोमा उत्सकृत १९ खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कार वितरण गरेको आयोजक समितिका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिनुभयो । तीन दिनमा ७० हजारभन्दा बढी दर्शकले कुस्ती खेल अवलोकन गरेको आयोजक समितिका अध्यक्ष यादवले बताउनुभयो ।

Previous Post

उपभोक्तालाई ठग्नेहरु आफै ठगिन्छन् : सभापति खान

Next Post

वडा कपको प्रथम भोक्राहा नरसिंह वडा नं – ५

Next Post
वडा कपको प्रथम भोक्राहा नरसिंह वडा नं – ५

वडा कपको प्रथम भोक्राहा नरसिंह वडा नं - ५

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana