Monday, March 9, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अध्यक्ष कप खेलकुद प्रतियोगिता भाेक्राहा नरसिंहमा सम्पन्न, विद्यार्थीहरूकाे प्रतिभा उजागर

अध्यक्ष कप खेलकुद प्रतियोगिता भाेक्राहा नरसिंहमा सम्पन्न, विद्यार्थीहरूकाे प्रतिभा उजागर

by नेपाल टाइमलाइन न्यूज
January 14, 2025
in खेलकुद
A A
0
अध्यक्ष कप खेलकुद प्रतियोगिता भाेक्राहा नरसिंहमा सम्पन्न, विद्यार्थीहरूकाे प्रतिभा उजागर
10
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा आयोजित अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता आज सफलता पूर्वक सम्पन्न भएको छ। खेलकुद समितिका अध्यक्ष तथा शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख रमेशचन्द्र तिम्सिनाको अध्यक्षता र गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यमा दुई दिनसम्म सञ्चालन भएको यस प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विद्यार्थीहरूबीच विभिन्न खेलहरू आयोजित गरिएका थिए।

नेपाल रेडक्रस सोसाइटी भाेक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालले प्रमाण पत्र दिँदै एक विद्यार्थीलाई ।

कबड्डी खेलमा वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालयले उपाधि जितेको छ भने भलिबल खेलमा वडा नम्बर २ स्थित जामिया इस्लामीया विद्यालय विजयी बनेको छ। विजेता टोलीहरूलाई गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गर्दै खेलाडीहरूको प्रशंसा गरे। उनले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने कुरा बताए।

उपाध्यक्ष सुनिता कुमारी उराँवले सम्मानपत्र हस्तान्तरण गर्दै

समारोहमा उपाध्यक्ष सुनिता कुमारी उराँव, विभिन्न वडाका वडाध्यक्षहरू, नेपाल रेडक्रस सोसाइटी भाेक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

खेलकुद समितिका अध्यक्ष रमेशचन्द्र तिम्सिनाले खेलकुदले अनुशासन, सहकार्य, र स्वस्थ जीवनशैलीको विकासमा सहयोग पुर्‍याउने बताए। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न र नयाँ खेलाडीहरूको पहिचानमा सहयोग गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Previous Post

भोक्राहा नरसिंहमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणबारे कार्यक्रम

Next Post

अमेरिकाको लस एन्जलसमा लागेको डढेलो अझै नियन्त्रण बाहिर, २४ जनाको मृत्यु

Next Post
अमेरिकाको लस एन्जलसमा लागेको डढेलो अझै नियन्त्रण बाहिर, २४ जनाको मृत्यु

अमेरिकाको लस एन्जलसमा लागेको डढेलो अझै नियन्त्रण बाहिर, २४ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana