सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा-५ स्थित कुम्याही श्रीपुरमा छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिता- २०८१ खेल जारी भएको छ । कोशी गाउँपालिकाको आयोजना तथा अलइस्लाह ऐजुकेशनल एण्ड वेलफेयर सोसाइटीको प्रायोजकमा छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिता- २०८१ खेल भइरहेको छ ।
सोमबार कोशी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघ कोशी प्रदेशका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न हुने जनाएको छ ।