Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सरस्वती मा.वि यस वर्ष देखि कक्षा ११ पढाई हुने 

सरस्वती माविमा कक्षा ११ को पढाई 

by नेपाल टाइमलाइन न्यूज
July 5, 2023
in Uncategorized
A A
0
सरस्वती मा.वि यस वर्ष देखि कक्षा ११ पढाई हुने 
22
SHARES
Share on FacebookShare on Twitter

ममता यादव, इनरूवा । सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको छ ।

 एसईईको नतिजा सार्वजनिक भएसगैं भर्ना अभियान सञ्चालन गर्ने गरि नयाँ विधार्थीको स्वागत गर्ने गरी यही नयाँ शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको हो । विद्यालय व्यवस्थापन समितिको पहलमा इनरुवा नगरपालिकाले कक्षा ११ संचालनको अनुमती दिएसगैं चालु शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको प्रधानाध्यापक श्यामदेव मेहताले जनाकारी दिनुभयो । साउनको पहिलो हप्तामा एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीहरुको स्वागत गर्ने गरि भर्ना अभियानको तयारीमा लागेको विद्यालयले जनाएको छ । शिक्षक रमानन्द मण्डलले विद्यार्थीहरुलाई यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने कुरा प्रचारप्रसार गर्ने र जानकारी दिने अभियानमा जुटेको बताउनुभयो । मण्डलले आफूहरुको विद्यालयमा सात दशक पछि अभिभावको सपना सकार पार्ने गरि यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको जानकारी दिनुभयो । विद्यालयमा सौहार्द वतावरण रहेकाले शैक्षिक गुणस्तर सहित शिक्षाको विकासमा योग्दान पुग्ने भएकाले नगर प्रमुख केदार भणडरी आफै विद्यालयको अनुमगन गरि शिक्षक र प्रअ सहित विद्यालय व्यवस्थापन समितिसंग अन्तरकृया र छलफल गर्दै यही शैक्षिक सत्रबाट कक्षा ११ को पढाई गर्न अनुमती दिएको जानकारी दिनुभयो । प्रमुख भण्डारीले प्रथम वर्ष कक्षा ११ मा भर्ना गरेर मात्रै नहुने भन्दै दिगोपन गर्ने गरि राम्रो शिक्षा सहित कक्षा संचालन गर्न आग्रह गर्नुभयो । उहाँले गाउँ र शहर दुवैको संगम स्थल भएकाले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेर टिकाउन र शिक्षा दिएर बिकाउने गरि उत्पादन गर्न शुभकामना दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले आफू पनि यसै सरस्वती माविबाट २०५९ सालमा एसएलसी दिएर आईए र आईकम पाँच किलोमिटर टाढा साईकलमा पढेको स्मरण गर्दै गाउँका विधार्थीहरुलाई त्यो पीडा भन्दा घर नजिकै कक्षा १२ सम्मको शिक्षा आर्जन गर्ने अवसरका साथ कक्षा ११ को पढाई सुरु गर्ने तयारी गरेको बताउनुभयो । अध्यक्ष यादवले कक्षा १२ सम्म पढ्ने धेरैको इक्छा भएपनि आर्थिक अभाव, टाढाको क्याम्पस वा प्लसटुको विद्यालयका कारणले बिचैमा कक्षा छाड्ेनहरुलाई पनि अवसर प्रदान गर्ने गरि कक्षा ११ को पढाई सरस्वती माविमै सुरु गर्ने बताउनुभयो । यादवले आफू प्रविणता प्रमाण पत्र तह अनि बिएड र एमऐड् पढ्न बाहिर गएर पढेको अनुभव र करिव २१ वर्षदेखीको शिक्षाको अवस्था अध्ययन गरेर बबिया, जल्पापुर , सतैरझोरा र नरसिंहका विद्यार्थीहरुलाई लक्ष्ति गरेर कक्षा ११ को पढाई सुरु गर्ने सपनालाई सकार पारेको बताउनुभयो । यादवले झण्डै एक वर्ष अगाडि सरस्वती माविमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कक्षा १ देखी क्रमशः अग्रेंजी माध्यम र कक्षा ११ को पढाई सुरु गर्ने घोषणा पत्रमा उल्लेख गरेको कुरालाई सार्थक पार्नका लागि पहल, प्रयास र संघर्ष गरेर यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु गर्ने अवसर जुरेकोमा खुसी भएको अनुभव सुनाउनुभयो ।

यादवले यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु गर्ने अवसर प्रदान गर्ने नगर प्रमुख भण्डारी, नेपाली काग्रेंस नेता दोय एवम् संविधान सभा सदस्य सिताराम मेहता, पूर्व प्रदेश सभा सदस्य राजिव कोईराला, नेता संजय श्रेष्ठ, वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी सहित वडाका पदाधिकारीहरु धन्यवाद दिनुभएको छ । यादवले नगर प्रमुख , वडा अध्यक्ष, नेपाली काग्रेंसका नेताहरु सहितलाई विद्यालयमा सम्मान र नयाँ आगन्तुक विधार्थीहरुलाई अविर, खादा र पुस्तक प्रदान गरी स्वागत गर्ने कार्यक्रमको तयारीमा रहेको सुनाउनुभयो ।

यादवले सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन हुने शिक्षा शास्त्र र व्यवस्थापन विषयको पढाई तत्काल अहिलेको युग र समुदाय सुहाउँदो विषय भएकोले यसलाई अझ प्रभावकारी बनाउदै पढाईमा गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो । प्लसटु तहको पढाईलाई सैद्धान्तिकसगै ब्यवहारिक र प्रयोगात्मक गराउने गरी योजना बनाएर अघी बढेको यादवले बताउनुभयो ।

Previous Post

भोक्राहा नरसिंहमा पनि कलामा आधारीत संवाद कार्यक्रम 

Next Post

सुनसरीको विभिन्न स्थानिय निकायहरू अनुगमन फितलो कारण ग्राहकहरुको स्वस्थ्य संग खेलवाड 

Next Post
सुनसरीको विभिन्न स्थानिय निकायहरू अनुगमन फितलो कारण ग्राहकहरुको स्वस्थ्य संग खेलवाड 

सुनसरीको विभिन्न स्थानिय निकायहरू अनुगमन फितलो कारण ग्राहकहरुको स्वस्थ्य संग खेलवाड 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana