बिराटनगर । भोक्राहा नरसिंह गाउँपालिकामा सामाजिक संस्कार, संस्कृतिसगैं मौलाएको लैगिंक हिसाँ, दाईजो प्रथा, लागुपदार्थ दुव्र्यसनको विरुद्ध सामाजिक परिर्वत केन्द्र काठमाण्डौले कलामा आधारीत संवाद कार्यक्रम गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका १ को शारदा माध्यमिक विद्यालय ढोक, जनता मावि शिवगंजमा कलामा आधारीत संवाद कार्यक्रम गरेको हो । दुई स्थानमा गरि झण्डै ७० जना विधार्थीहरु सहभागी भएको कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो ।
उता भोक्राहा नरसिंह ५ र ७ का विधार्थीहरुका लागि सरस्वती मावि बबियामा पनि कलामा आधारीत संवाद कार्यक्रम गरेको संवाद सहजकर्ता सुशिल राजभरले जानकारी दिनुभयो । कलामा आधारीत संवाद कार्यक्रममा विधार्थी सितल यादव, किरण यादव, सलमान मंसुरी, मन्जु यादव, सृजना यादव, काजल यादव, पुष्पा मण्डल, रेणु यादव, धनशयम मण्डल, रविन मण्डल, आशिक यादव, अन्जली मण्डल सहितको उपस्थिती रहेको थियो ।
सुनसरीको पाँच स्थानमा कलामा आधारीत संवाद कार्यक्रम सम्पन्न गरिएको केन्द्रका जिल्ला संयोजक रमेश भट्टराईले जनाकारी दिनुभयो ।
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा लैगिंक हिसाँ, दाईजो प्रथा, लागुपदार्थ दुव्र्यसनको विरुद्ध कलामा आधारीत संवाद कार्यक्रमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव





