Thursday, May 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गृहमन्त्रीको सचिवालयबाट पत्रकारलाई फसाउन उजुरी दिनु आपत्तिजनक : प्रेस चौतारी

गृहमन्त्रीको सचिवालयबाट पत्रकारलाई फसाउन उजुरी दिनु आपत्तिजनक : प्रेस चौतारी

by नेपाल टाइमलाइन न्यूज
July 20, 2023
in Uncategorized
A A
0
गृहमन्त्रीको सचिवालयबाट पत्रकारलाई फसाउन उजुरी दिनु आपत्तिजनक : प्रेस चौतारी
8
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । पत्रकारहरूको सबै भन्दा ठूलो संगठन प्रेस चौतारी नेपालले समाचार लेखेकै कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकारविरुद्ध प्रहरीमा उजुरी दिन सचिवालयलाई निर्देशन दिनु आपत्तिजनक र सत्ता उन्मादको चरम रुपमा भएको बताएको छ ।

इतिहासकै ठूलो सुन तस्करीबारे संगठनका अध्यक्ष गणेश बस्नेत र कोषाध्यक्ष इन्द्र प्रसाद आचार्यले लेखेको समाचार र दिएको अभिव्यक्तिलाई लिएर गृहमन्त्री श्रेष्ठको सचिवालयले साइबर व्युरोमा उजुरी दिन लगाउनु आपत्तिजनक विषयमा भएको ठहर प्रेस चौतारी नेपालले गरेको छ ।

आज बिहीबार संगठनको पदाधिकारी बैठक बसेर विज्ञप्ति जारी गर्दै चौतारीले सरकारको कदमलाई भर्त्सनायोग्य भनेको छ । ‘हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतबिरुद्ध उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाटै नेपाल प्रहरीको साइबर ब्यूरोमा साइबर क्राइममा फसाउन भन्दै उजुरी दर्ता गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सबै सुरक्षा जाँच पासगरी ठूलो परिमाणमा भएको सुन तस्करी गृह नेतृत्वसहित उच्च अधिकारीहरुको संलग्नताबिना सम्भव नहुने विषयमा दिइएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयका सदस्यले नै प्रहरीमा उजुरी दिनु आपत्तिजनक काम एवम् सत्ता उन्मादको चरम रुप भएको ठहर संगठनले गरेको विज्ञप्तिमा जनाइएको छ ।

गृहमन्त्री श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गराएर हाम्रो संगठनका अध्यक्षलाई प्रहरीले पक्राउ गर्‍यो भनेर समाचार लेखाउनु र समाचार लेखाएपछि सचिवालयकै सदस्यले प्रहरीमा उजुरी दिनु भनेको गृह मन्त्रालय आफ्नो पक्षबाट कमी कमजोरी भएको र त्यो घटना ढाकछोप गर्न न्वारानदेखिको बल लगाइरहेको प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूमाथि उठाइएको विषयमा प्रष्ट पार्नुपर्छ । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको साटो हाम्रो संगठनका अध्यक्षलाई फसाउने षड्यन्त्रसहित प्रहरीमा जबरजस्ती उजुरी दर्ता गराउनुले कतै ‘स्याल कराउनु र बाख्रा हराउनु’ जस्तै भएको त होइन ? भन्ने गम्भीर प्रश्न पनि उठेको छ ।’

गृहमन्त्रीको सचिवालयबाट भएको यो कामले कतै गृह मन्त्रालय नेपाली प्रेस र आम नागरिकलाई आतंकित पारेर/त्रासमा राखेर निरंकुश एवम् अधिनायकवादी शासन चलाउने अभ्यासमा त छैन भन्ने गम्भीर आशंका पैदा गरेको समेत चौतारीले उल्लेख गरेको छ ।

Previous Post

हरिनगर गाउँपालिकाले  छ वर्षमा ४५ किलोमिटर सडक कालोपत्रे 

Next Post

सुन काण्डका दाेषीलाई कानुनी दायरामा ल्याइन्छ, अनुसन्धान निष्कर्षमा पुग्छ : गृहमन्त्री

Next Post
सुन काण्डका दाेषीलाई कानुनी दायरामा ल्याइन्छ, अनुसन्धान निष्कर्षमा पुग्छ : गृहमन्त्री

सुन काण्डका दाेषीलाई कानुनी दायरामा ल्याइन्छ, अनुसन्धान निष्कर्षमा पुग्छ : गृहमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana