वैदेशिक रोजगारीमा जानेहरूको संख्यासँगै समस्याहरूसमेत बढीरहेका छन । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले निम्न कुराहरूमा ध्यान दिऔं आफ्नो यात्रा र बसाईलाई सुरक्षित साथै उपलब्धिमुलक बनाऔः
• वैदेशिक रोजगारीमा जाने निर्णय घर परिवारसंग सल्लाह ,परामर्श गरि सहमतिमामा मात्र लिऔं ।
• लाग्ने खर्च र प्राप्त आम्दानीको तुलना गरि लाभ हुने भए मात्र जाऔं ।
• आफुले गर्न सक्ने र विदेशमा गर्ने कामको सीप यहिं सिकौं ।
• बिश्वाशिलो र इजाजत प्राप्त रोजगार व्यवसायी छानौं ।
• पैसा बुझाएपछि व्यहोरा खुलाई भर्पाई वा प्रमाण लिऔं वा बैंकिङ्ग प्रणालीमार्फत वैदेशिक रोजगारी भनि प्रयोजन खुलाएर पैसा पठाऔं ।
• नक्कली कागजपत्र बनाएर नजाऔं ।
• श्रम स्वीकृती गरेर नेपालको विमानस्थल प्रयोग गरेर मात्र बैदेशिक रोजगारीमा जाऔं ।
• नेपाल सरकारले रोक लगाएको देश नजाऔं ।
• जाने देश को भौगोलिक स्थिति, हावापानी, भाषा , संस्कृति, कानुन, धर्म, काम गर्ने वातावरण आदिको बारेमा जानकरी लिऔं ।
• पुर्व प्रस्थान अभीमुखिकरण तालिम अनिवार्य लिऔं ।
• बैदेशिक रोजगारीमा जाँदा महत्वपुर्ण कागजपत्रको (पासपोर्ट, भिसा,बिमा, ,कल्याणकारी कोषमा जम्मा गरेको रकमको रसिद, मेडिकल रिपोर्ट, श्रम स्वीकृति लिदा प्राप्त हुने युजर नेम र पासवर्ड) १ प्रति परिवारलाई छोडौं ।
वैदेशिक रोजगारीमा रहँदा आवश्य पर्ने नम्बरहरू लिएर जाऔं ।
• सूचना र परामर्शका लागि भोक्राहा नरसिंह गाउँपालिकाको १४ नम्बर काेठा( रोजगार सेवा केन्द्र) वा जिल्ला प्रशासन कार्यालय,सुनसरी को २० नम्बर कोठा (आप्रबासी स्रोत केन्द्र) मा जाऔं वा मा सम्पर्क गरौं । श्रम कल सेन्टरको ह्वाटसअप/भाइबर नम्बर ९८०१८०००१३ वा इमो नम्बर ९८०१३०००३३ मा समेत संसारका जुनसुकै ठाउँबाट २४ घण्टा नै सम्पर्क गर्न सकिनेछ ।





