इनरुवा । इनरुवा जेसीजको वर्ष २०२५ का लागि अध्यक्षमा सत्य नारायण यादव सर्वसम्मत चयन भएका छन्। बुधबार इनरुवा-२ स्थित जिल्ला समन्वय समिति सुनसरीको सभाहलमा आयोजित इनरुवा जेसीजको ४१औं साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो।
सत्य नारायण यादव इनरुवामा परिचित समाजसेवी तथा नेतृत्वकर्ता हुन्। उनी ५७ युवा क्लब (५७ टोली)का अध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेका छन् र समाजसेवामा विशेष सक्रिय छन्।
साधारणसभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन, र आगामी योजनाहरू प्रस्तुत गरिएको थियो। नयाँ नेतृत्व चयनसँगै जेसीजले आगामी वर्षका लागि नयाँ योजनाहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।
अध्यक्षमा चयन भएका यादवले आफ्नो कार्यकालमा युवा सशक्तिकरण, सामाजिक विकास, र स्थानीयस्तरका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।
कार्यक्रममा इनरुवा जेसीजका पूर्व अध्यक्ष, स्थानीय समाजसेवी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।