Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भानु जयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता, उजागर नेपाल प्रथम

भानु जयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता, उजागर नेपाल प्रथम

by नेपाल टाइमलाइन न्यूज
July 13, 2022
in मुख्य खबर
A A
0
भानु जयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता, उजागर नेपाल प्रथम
10
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । २०९ औ भानु जयन्तीको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम हुनुभएको छ । यस्तै विचार शिर्षकको कविता वाचन गर्नुभएका पुष्पराज तिम्सिना द्धित्तिय र ओजस्वी कर्ण तृतिय हुनुभएको छ । प्रतियोगिताका विजयीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कवि मीनकुमार श्रेष्ठ र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै कवि तथा पत्रकार मीनकुमार श्रेष्ठले एभरेष्ट विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति बनाएको वातावरणको प्रशंशा गर्दै कला र साहित्य सधै जीवन्त रहने चर्चा गर्नुभयो । उहाँले कला र साहित्य  सधैं अमर रहने भन्दै सवै पेशा व्यवसाय पूर्व हुने तर कला साहित्य पूर्व नहुने बताउनुभयो । विद्यालयका प्रिन्सिपल पुरीले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति सबै किसिमको वातावरण तयार गर्दै लगेको भन्दै विद्यार्थीले पनि अध्ययनको साथ साथै आ–आफ्नो रुचिअनुसारका कृयाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘हाम्रा विद्यार्थी जुन क्षेत्रमा लागेपनि सबैभन्दा अब्बल हुनुपर्छ भन्ने चाहना छ, हामी वातावरण बनाईदिन्छौं, मेहनत तपाईहरुले गर्नुपर्छ ।’ कार्यक्रममा विद्यालयका सहप्राचार्य टीएन भण्डारीले छाटो समयमा विद्यार्थीले जनाएको सक्रिय सहभागिताको प्रशंशा गर्दै, जे गर्दा पनि अब्बल बन्नेगरि लाग्न सुझाव दिनुभयो । खुल्ला रुपमा विद्यार्थीहरुबिच गरिएको प्रतियोगितामा विभिन्न शिर्षकमा कविता वाचन भएको थियो । ति मध्ये उत्कृष्ट तीन छनौट गर्न माधव खतिवडा र खम्बसिंह नेपालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Previous Post

कम्जोर शिक्षकलाई कार्वाहीको माग

Next Post

सडक निर्माणमा सरकार गम्भिर ः मन्त्री कार्की

Next Post
सडक निर्माणमा सरकार गम्भिर ः मन्त्री कार्की

सडक निर्माणमा सरकार गम्भिर ः मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana