Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

by नेपाल टाइमलाइन न्यूज
August 30, 2023
in मुख्य खबर
A A
0
श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ (सेयर) निष्कासनका लागि प्रक्रिया अगाडि बढाउन आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ ।

 

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

 

सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्कासनसम्बन्धी कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारी गर्ने जनाइएको छ ।

 

योसँगै कम्पनीले नियामक निकायहरूबाट सेयर निष्कासनका लागि अनुमति माग गर्ने बताइएको छ । कम्पनीले जारी पुँजीको १३ प्रतिशतले हुन आउने प्रतिसेयर अङ्कित मूल्य एक सय रुपियाँका दरले हुन आउने १३ करोड रुपियाँ बराबरको १३ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठले बताउनुभयो ।

 

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत् दर्ता भई सञ्चालनमा रहेको छ । कम्पनी एउटा सानो फार्मको स्थापनाबाट सुरु गरेको थियो ।

 

सन् २०१७ देखि श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालिबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले रुपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ ।

Previous Post

विश्व क्रिकेटको शक्ति राष्ट्रसँग कस्तो खेल्ला नेपालले ?

Next Post

प्रदेश सांसदले सुरक्षाकर्मीलाइ राखि बाधेर रक्षा बन्धन उल्लासका साथ मनाए 

Next Post
प्रदेश सांसदले सुरक्षाकर्मीलाइ राखि बाधेर रक्षा बन्धन उल्लासका साथ मनाए 

प्रदेश सांसदले सुरक्षाकर्मीलाइ राखि बाधेर रक्षा बन्धन उल्लासका साथ मनाए 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana