Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेकपा माऔवादी केन्द्र को तीन महिने अभियान भोलिबाट

नेकपा माऔवादी केन्द्र को तीन महिने अभियान भोलिबाट

by नेपाल टाइमलाइन न्यूज
September 1, 2023
in स्थानीय समाचार
A A
0
नेकपा माऔवादी केन्द्र को तीन महिने अभियान भोलिबाट
11
SHARES
Share on FacebookShare on Twitter

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने अभियान उद्घाटन अन्तिम चरणमा पुगेको छ। देशैभरका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा भेला, छलफल, प्रशिक्षण भएका छन्। अहिले छ हजार ७४३ वडामा केन्द्रित भई गतिविधि जारी भएकाले शुक्रबारभित्र सकिने नेताहरूले बताएका छन्।

 

गत साउन २१ गते सकिएको केन्द्रीय समिति बैठकले ‘घर घरमा माओवादी, जन जनमा माओवादी’ भन्ने नारासाथ ‘जनतासँग माओवादी विशेष अभियान’ चलाउने निर्णय गरेको थियो।

 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ १६ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित घट्टेडाँडा पार्कबाट एकै पटक छ हजार ७४३ वडामा अभियानको उद्घाटन गर्नुहुने योजना छ। माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार उद्घाटन समारोहमा देशैभरका वडामा नेता कार्यकर्ता जुममार्फत जोडिने छन्।

 

“पार्टीका पदाधिकारीसहित केन्द्रीय सदस्यलाई वडामा खटाएर पार्टी निर्माणमा लगाइएको छ। वरिष्ठ उपाध्यक्षसमेत सात प्रदेशका सात वडामा गएर अभियानमा जोडिनु हुने छ,” सापकोटाले भन्नुभयो। उहाँले तीनमहिने अभियान ऐतिहासिक र उपलब्धिमूलक हुने र पार्टी गुणात्मक रूपान्तरित र व्यवस्थित हुने बताउनुभयो।

 

पार्टी स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले अभियानले पार्टीमा नयाँ खालको उत्साह पैदा गरेको बताउनुभयो। “विगतका अभियानभन्दा यस पटक पार्टीमा जागरुकता पैदा भएको छ। बैठकमा नदेखिने साथीहरू उपस्थित हुन थाल्नुभएको छ। अब पार्टी बनाउनु पर्छ भन्ने आत्मविश्वास बढेको छ,” पौडेलले भन्नुभयो, “विकास निर्माणमा बजेट अभाव भयो। पार्टीले ध्यान दिएन भन्ने एकाध गुनासा छन्। सरकारले चालेको सुशासनको अभियानलाई प्रशंसा गरेको पाइयो।”

 

उहाँले अभियानमा जोडिँदा धेरै नेता कार्यकर्ताको सुझाव पार्टीकै नेता कार्यकर्ता भ्रष्टाचार अनियमिततामा जोडिए पनि कारबाही गर्नुपर्ने आवाज उठ्ने गरेको बताउनुभयो।

 

यस्तै पार्टी स्थायी समिति सदस्य खगराज भट्टले केन्द्र जस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी बनाउन लाग्नुपर्ने सुझाव आउने गरेको बताउनुभयो।

 

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले कर्णालीका ७१८ वडामा केन्द्रित भई बैठक, भेला, प्रशिक्षण जारी रहेको उल्लेख गर्नुभयो। पार्टीको यसअघिको दुईमहिने अभियान कर्णाली राम्रो भए पनि प्रचार नभएको बताउँदै केसीले यो तीनमहिने अभियानमा त्योभन्दा अझ राम्रो गरेर देखाउने उहाँले दाबी गर्नुभयो।

 

यस्तै माओवादी केन्द्रका लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले ९८३ वडामा पार्टी केन्द्रित गरेर गतिविधि जारी राखेको बताउनुभयो। “हामीले लामो समयदेखि जनताको घरदैलोमा जानेगरी अभियान बनाएनौँ। जसले गर्दा पार्टीमा लामो समय काम गरेका साथीहरू निष्व्रिmय हुनुभयो,” उहाँले भन्नुभयो, “अहिले अभियान लिएर गाउँ गाउँ छिरेपछि लामो समय निष्क्रिय भएका साथीहरू बैठकमा उपस्थित हुनुभयो।”

 

माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले भदौ १६ गतेको अभियानलाई केन्द्रमा राखेर प्रदेशभर बैठक, भेला र छलफल जारी राखेको बताउनुभयो। उहाँले भन्नुभयो, “सबै नेता कार्यकर्ता फिल्डमा गएका छन्। सम्पूर्ण पार्टीपङ्क्ति अभियानमा जोडिएकाले केही आशा पलाएको छ। पार्टीका नेता कार्यकर्तामा उत्साह थपिएको छ।” यस्तै मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलले मधेशमा पहिलो शक्ति बनाउने गरी लागेको बताउनुभयो। पार्टीको जिल्ला र स्थानीय तहका बैठक पूरा भएकाले वडामा केन्द्रित भई बैठक जारी राखेको उहाँले बताउनुभयो। मधेशमा नयाँ उत्साह र उमङ जागेकाले माओवादी पहिलो शक्ति बनाउने गरी अभियान चलाउने पोखरेलले बताउनुभयो। यसै गरी माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले सङ्गठन कमजोर भएका वडामा बलियो बनाउने गरी योजना बनाउने तयारीमा गरिएको बताउनुभयो।

 

माओवादी उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र प्रवास समिति प्रदेशले भेला, छलफल बैठक जारी राखेको छ। माओवादीले तीनमहिने अभियान चलाउने घोषणा गरेपछि सात भौगोलिकसहित १० प्रदेशका बैठकहरू जारी चलिरहेका छन्।

 

यसैबिच नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता सूर्य सुवेदीले अहिलेको सरकारले विगतमा गर्न नसकेका धेरै सुधारका कामले जनताको आशाको त्यान्द्रो पलाएको बताउनुभएको छ। कीर्तिपुरमा आयोजित कार्यक्रममा उहाँले सरकारले एकपछि अर्काे गुणात्मक काम गरेर जनतालाई प्रत्यक्ष लाभ हुने काममा केन्द्रित हुँदै नयाँ संविधानमा उल्लेख भएको समाजवाद उन्मूख नेपाल निर्माणको दिशामा वर्तमान सरकार अग्रसर रहेको औँल्याउनुभयो।

 

सरकारले जनताको चाहना अनुसार आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै सुशासन, समृद्धि, सामाजिक न्याय र विकासका योजनालाई अगाडि बढाउनुको अर्काे विकल्प नरहेको स्पष्ट पार्नुभयो। 

Previous Post

प्रदेश सांसदले सुरक्षाकर्मीलाइ राखि बाधेर रक्षा बन्धन उल्लासका साथ मनाए 

Next Post

सुनसरीका एसपी र डिसएपीकाे सरूवा

Next Post
सुनसरीका एसपी र डिसएपीकाे सरूवा

सुनसरीका एसपी र डिसएपीकाे सरूवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana