सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा इलाका प्रहरी कार्यालय हरिनगरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार हरिनगरमा आयोजित कार्यक्रममा सहभागीहरुले सीमावर्ती क्षेत्रका नागरिकलाई सामान्य खालको घरायसी समान ल्याउन दिनुपर्ने, चोरी तस्कारी नियन्त्रण गर्नुपर्ने, प्रहरी मेरो साथी र मुस्कान सहितको सेवाको अनुभुती दिलाउनुपर्ने, जनतालाई दुख दिने कुनैपनि काम गर्न नहुने सवाल उठाएका थिए । सहभागी राजु प्रसाद गुप्ताले प्रहरी इमान्दार भएको खण्डमा सीमावर्ती क्षेत्र भएर पनि नागरिक राती मस्त दिाउन सक्ने तर्फ गर्नुहुदै केहीलाई घरायसी समान ल्याउन दिनुपर्ने तर। चोरी तस्कारी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
सहभागीहरुको कुरा र सवाल सुनेपछि प्रहरी उपरीक्षक विपिन रेग्मीले नागरिकको शान्ती सुरक्षा आफूहरुको प्राथमीकातमा रहेको बताउनुभयो । प्रहरी सामुदायिक कार्यक्रम मार्फत नागरिकसंगको सम्बन्ध स्थापित गर्दै चोरी, तस्कारी र लागु औषध नियन्त्रण, शान्ती सुरक्षा सहित ग्रामिण ट्राफिक व्यवस्थापनमा आफूहरु लागि परेको बताउनुभयो । खुल्ला सिमानाले चोरीतस्कारी, लागु औषध ओसारपसार दुव्र्यसन, ट्राफिक व्यवस्थापन सबैको टाउको दुखाई बनेकोले त्यसमा नागरिक सहित जनप्रतिनिधिहरुको समन्वयमा नियन्त्रण र रोकथाम गर्ने रेग्मीले बताउँनुभयो । ट्राफिक ब्यबस्थापनलाई सहज बनाउँन गाउँटोलका नागरिकलाई ट्राफिक नियम पालना गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाडेले प्रहरी र नागरिकवीचको समन्वयको अभाव भएको खण्डमा अपराध बढ्ने भएकाले केही कम्जोरी भए त्यसलाई सुधार गर्दै शान्ती सुव्यवस्था कायममा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नागरिक र जप्रतिनिधिहरुले आफ्नो समाजमा विकास निर्माण तथा शान्ति सुरक्षाका लागि गरेको प्रयासको प्रशंसा गर्नुहुदै प्रहरी पनि हरेक काममा समाजसंग सहकार्य गरि अगाडि बढ्ने, सामुदायिक प्रहरी कार्यक्रम, प्रहरी मेरो साथी लगायतको मुल मर्मलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको समग्र शान्ती सुरक्षाका लागि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता एवम् हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीको प्रमुख आथित्यता तथा देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको विषेश आथित्यतामा सम्पन्न भएको कार्यक्रम सञ्चालक प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।





