इनरुवा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तथा ईलाका प्रहरी कार्यालय ईटहरीको संयुक्त आयोजनामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रु सहायता कक्ष स्थापना गरी सवारी साधनमा स्टिकर समेत टाँस गरेको जनाएको छ । इटहरीमा यातायात व्यवस्थापन कार्यालय ईटहरी, यातायात व्यवसायी संघ ईटहरी, मजदुर संगठनको सहकार्यमा सहायता कक्ष स्थापना गरीएको हो । सुनसरीको ईटहरी उप–महानगरपालिका वडा नं.९, वसपार्क स्थित सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सहायता कक्ष स्थापना गरी सवारी साधनमा स्टिकर समेत टाँस गरेको हो । कार्यक्रममा जनप्रतिनीधिहरु, सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरू र स्थानस्यहरु सहित ११५ जना बढीको उपस्थिती रहेको थियो । कार्यक्रममा नजिकीदै गरेको चाडवार्डलाई लक्षित गरी सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई सहजिकरणको लागि यात्रु सहायता कक्ष स्थापना गरी सवारी साधनमा स्टिकर समेत टाँस गरीएको प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।
सुनसरीको ईटहरी उपमहानगरपालिका ९ मा चाडवार्डलाई लक्षित गरी सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई सहजिकरणको लागि यात्रु सहायता कक्ष स्थापना गरी सवारी साधनमा स्टिकर समेत टाँस गर्नुहुदै ।





