इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहमा खेल मैदानको अभावमा धान खेतमा कुस्ती प्रतियोगिता गर्ने तयारी भएको छ ।
पाँच दशकदेखि निरन्तर रूपमा कुस्ती प्रतियोगिता हुँदै आएको भए पनि खेल मैदान अभावमा धान खेतमा कुस्ती खेलाउँदै आएको स्थानीय काली मन्दिर समितिका अध्यक्ष श्यामदेव यादवले जानकारी दिनुभयो । प्रत्येक वर्ष तिहार र छठको विचमा तीनदेखि चार दिनको कुस्ती प्रतियोगिताको आयोजना हुँदै आएको परम्परा अनुसार यस वर्ष पनि तयारी भइरहेको यादवले बताउनुभयो । यस प्रतियोगितामा नेपाल तथा भारतको पाँच दर्जन बढी कुस्ती खेलाडीको सहभागिता रहने छ ।





