जनता समाजवादी पार्टीबाट सुनसरी सदरमुकामम इनरुवा नगरपालिका २ नम्बर वडाका सबै भन्दा कान्छो उमेरका उम्मेदबार शिवकुमार पंडीतले वडाको घरदैलौ तथा चुनावी प्रचारप्रसार तिव्र पार्नुभएको छ । वडामा युवाको नृत्तृत्व आवश्यक रहेको भन्दै प्रचारप्रसार तथा घरदैलौ अभियानलाई उम्मेदबार पंडितले तिव्र पारेको बताउनुभएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रायः राजनीतिक दलहरुको निर्वाचन चिन्ह पहिला नै थाहा भएकाले मनोनयन दर्ता गरेको भोली पल्टबाटै चुनावी प्रचारप्रसारमा जुटेको बेला पंडित पनि आफ्नो जसपाको चुनाव चिन्ह छाता छापमा मतदानको लागि अपिल गर्दै घरदैलौ थाल्नुभएको हो ।
निर्वाचन आयोगले प्रचार प्रसारका लागि आधिकारीक चुनाव चिन्ह नदिदै यहाँका उम्मेदबारहरु प्रचारप्रसारमा लागेकाले आफूपनि मेयर र उपमेयर सहित वडाका सदस्यहरुको साथमा दैनिक विहान ८ बजे देखि साँझ ६ बजेसम्म प्रचारप्रसार र चुनावी कार्यक्रममा व्यस्त बनेको पंडितले बताउनुभयो ।
समय कम भएको र वडाहरु तथा नगर ठूलो क्षेत्रमा रहेकाले मतदाताको घरघरमा पुग्न नभ्याउने हो की भनेर मनोनयन दर्ता गरेको भोली पल्टबाटै चुनावी प्रचारप्रसारमा जुटेको वहाँको भनाई छ ।
निवार्चन आयोगको निर्वाचन आचारसंहिता अनुसार बैशाख २७ गते रातको १२ बजे पछि प्रचार प्रसारका कार्यक्रम गर्न नपाईने भएकाले मनोनयन दर्तासगैं प्रचार प्रसारमा जुटेको जनता समाजवादी पार्टी इनरुवा २ का वडा अध्यक्षका उम्मेदबार शिवकुमार पंडितले बताउनुभयो ।