सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ बस्ने अबुल हुसैन अन्सारी भुकम्प प्रभावित क्षेत्रमा राहत लिएर जाजरकोट पुगेका छन् । नेपाली काङ्ग्रेसका नेता डा. अबुल हुसैन अन्सारीले भुकम्पबाट प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा रु. ४ लाख ५० हजारको अति आवश्यक औषधी सहयोग गरेका छन् ।
अन्सारी बेला – बेला आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा लगायतका सामग्री एउटा असल नेपाली मुस्लिम जनताका तर्फबाट मानवीय सेवाको भावनाले जाजरकोट पुगेको हो।
अन्सारी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पुर्व केन्द्रिय सदस्य समेत हुन् अन्सारीले भने सेवानै धर्म हो भन्ने भावनाले सहयोग गरेको बताउनु भयो ।