इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरुले सोमबार कक्षा नलिएको भन्दै अभिभावकहरुले कार्वाहीको माग गरेका छन् ।
शुक्रबार विद्यालयका पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न विद्यालय व्यवस्थापन समिति अध्यक्षले निर्देशन दिनुभएको विषयलाई लिएर कामचोर शिक्षकहरुले सोमबार कक्षा नलिएको भन्दै विद्यालयका अभिभावकहरुले कार्वाहीको माग गरेका हुन् ।
वर्षयता पटक पटक समयको पालन गर्न दिएको निर्देशनको अटेर गर्दै आएका शिक्षकमध्ये पाँच जनालाई स्पस्टीकरण सोध्ने भएपछि काम गर्नुनपर्ने, कक्षा र घण्टी लिन नपर्ने पल्केका शिक्षकहरुले कक्षा नलिएकाले अभिभावकहरुले समेत कार्वाहीको माग गरेका हुन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयकृष्ण यादवलाई भेटेर सयौ अभिभावकहरुले सरकारी जागीर तलबभत्ता खाने शिक्षकहरुले विना सूचना कक्षा नलिई बालबालिकाहरुको भविष्य माथि खेलवाड गर्ने शिक्षकहरुलाई कार्वाहीको माग गरेका हुन ।
विद्यालयमा काम नगर्ने शिक्षकहरुलाई सरुवा गर्न, कामचोर शिक्षकहरुलाई कार्वाही गर्न र विद्यालयमा नियमित पठनपाठन गर्न अध्यक्ष यादवसंग अभिभावकहरुले माग गरेका छन् ।
केही शिक्षकका कारणले विद्यालयको शैक्षिक वतावरण नै खल्बलिएको भन्दै अभिभावकहरुले त्यसा शिक्षकहरुको पहिचान गरि कार्वाही गर्न माग गरेका छन् । समिति अध्यक्ष यादवले विद्यालयमा शिक्षकहरुले कक्षा नलिएको भन्दै अभिभावकहरुले कार्वाहीको माग सहित गुनासो लिएर आएको पुष्टी गर्नुभएको छ । यादवले कक्षा नलिएको भन्दै अभिभावकहरुले कार्वाहीको माग गरेको विषयमा इनरुवा नगरपालिका शिक्षा शाखा प्रमुख डिल्लीराज निरौला र प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीलाई जानकारी गराएको प्रतिकृया दिनुभयो । उता शुक्रबार कार्यालय समयमा दिनको १ बजे विद्यालय पुग्दा हाजिरिमा उपस्थित भएको तर कक्षा र विद्यालय परिषरमा नभेटिएको र सोमबार विद्यालयको अनुशासन पालन नगरेको शिक्षक तेजनारायण यादव र शिवनारायण साहलाई थप स्पस्टीकरण सोधी कार्वाही गर्न प्रअ श्यामदेव मेहतालाई निर्देशन दिएको छ ।