वैशाख ३० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदबार रामप्रसाद यादवले घरदैलौ र प्रचारप्रसार कार्यमा व्यस्त बन्नुभएको छ । उम्मेदबारी दिएपछि घरदैलौ जारी राख्नुभएको भएको छ । यादवले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रचारप्रसार र घरदैलौ तीव्र पार्नुभएको छ । यादवले भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा हलो छापमा मतदान गरि गाउँ तथा वडालाई विकासको सम्मान गर्न आग्रह गर्नुभएको छ । साविकको आफ्नो राजनीतिक काग्रेंस भएपनि आफूलाई टिकट नदिएकाले जनताको साथ र सहयोग अनि प्रतिवद्धता अनुसार चुनावी प्रचारप्रसार तीव्र पारेको बताउनुभएको हो । राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेकोमा वडाको विकास र समृद्धिका लागि अध्यक्षको पदमा उम्मेदवारी दिएको यादवले हलो छापमा मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । यादवले विजयी हासिल गरेपछि गाउँ तथा वडामा सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकासको सुनिश्चितता कायम राख्नको लागि अध्यक्षको लागि उम्मेदवारी दिएको बताउनुभयो ।