Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरूवा नगरपालिकाको १४ औं अधिवेशन डम्पिङ साइटमा सम्पन्न, पारदर्शिता र विकासमा जोड

इनरूवा नगरपालिकाको १४ औं अधिवेशन तस्बिर रविन्द्र कुमार यादव।

by नेपाल टाइमलाइन न्यूज
January 12, 2025
in स्थानीय समाचार
A A
0
इनरूवा नगरपालिकाको १४ औं अधिवेशन डम्पिङ साइटमा सम्पन्न, पारदर्शिता र विकासमा जोड
12
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव,

विराटनगर, पुस २८ गते । सुनसरीको सदरमुकाम इनरूवा नगरपालिकाको १४ औं अधिवेशन तथा नगर सभा आइतबार सम्पन्न भएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भएका कामको समीक्षासहित बजेट, नीति, र कार्यक्रमको संशोधन र सुधारका लागि यो अधिवेशन गरिएको हो।

नगर सभामा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले १३ औं अधिवेशनबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रमका उपलब्धिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा आय ४५ प्रतिशत र व्यय २७.९२ प्रतिशत रहेको छ।

सभाले ६ वटा कानुन स्वीकृत गरेको छ, जसमा श्र्रोत पुनः प्राप्ति केन्द्रबाट निस्कने सामग्री बिक्री सम्बन्धी कार्यविधि, संघ/संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, आर्थिक सहायता कार्यविधि, छात्रवृत्ति वितरण कार्यविधि, सहकारी नियमावली लगायतका कानुनहरू समावेश छन्।

हालसम्म २६ वटा योजनाका ठेक्का सम्झौता भइसकेका छन् भने केही कार्य सम्पन्न भएको जानकारी नगर प्रमुख केदार भण्डारीले दिनुभयो ।

उपप्रमुख विनिता मेहता, वडा अध्यक्ष, र सदस्यहरूले विकासका गतिविधिमा तीव्रता, भौतिक पूर्वाधार निर्माण, पारदर्शिता, र कर प्रणाली सुधारको आवश्यकता रहेको सुझाव दिए।

इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेलले विकासमा समानुपातिक ध्यान दिनुपर्ने बताउनुभयो। इनरुवा ४ का वडा अध्यक्ष बौवालाल मेहताले पर्यटन प्रवर्द्धन र खोला नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी र इनरुवा १० का वडा अध्यक्ष खलिल मियाँले बबिया-जल्पापुर सडक खण्डको समस्या समाधान र बाटो कालोपत्रे गर्ने माग राख्नुभयो।

यस पटकको अधिवेशन इनरुवा नगरपालिका ८ डुम्राहास्थित श्र्रोत पुनः प्राप्ति केन्द्र (डम्पिङ साइट) मा आयोजना गरियो। यसले डम्पिङ साइटलाई फोहर व्यवस्थापनको प्रभावकारी मोडेलका रूपमा प्रस्तुत गरेको नगर प्रमुखले बताउनुभयो।

 

नगरपालिकाले प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउँदै, सभा थप निर्णयका लागि भोलीसम्मकालागि स्थगित गरेको छ।

 

Previous Post

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न

Next Post

अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

Next Post
अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana