Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

by नेपाल टाइमलाइन न्यूज
January 12, 2025
in स्थानीय समाचार
A A
0
अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद ज्युले सलाम गर्दे

14
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव,

विराटनगर, पुस २८ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि सुरू भएको छ। शारदा माध्यमिक विद्यालय, वडा नम्बर १ को खेल मैदानमा उद्घाटन गरिएको यो प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासका साथै विद्यालयहरूबीच आपसी सद्भावको वातावरण निर्माण गर्ने उद्देश्य राखेको छ।

एक बालिकाले नृत्य गर्दै

खेलकुद समितिका अध्यक्ष तथा शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख रमेशचन्द्र तिम्सिनाको अध्यक्षता र गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन सम्पन्न भएको हो।

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद ज्युले सलाम गर्दे

कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहता, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, र वडा नम्बर ८ का वडाध्यक्ष उस्मान अंसारी (भोला हाजी) सहभागी थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मेहता, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, विद्यार्थी, र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल आफ्नो मन्तव्य राख्दै

खेलकुद समितिका अध्यक्ष रमेशचन्द्र तिम्सिनाले खेलकुदले अनुशासन, सहकार्य, र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास र विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै नयाँ खेलाडीहरूको पहिचानमा सहयोग पुर्‍याउनेछ।

प्रतियोगितामा माध्यमिक तह (कक्षा ९–१०) तर्फ छात्र भलिबल, छात्रा स्लो साइकल रेस, छात्र/छात्रा हाईजम्प, छात्र/छात्रा लङजम्प, छात्रा २०० मिटर दौड, र छात्र ४०० मिटर दौड समावेश गरिएको छ। यस्तै, आधारभूत तह (कक्षा ६–८) तर्फ छात्र/छात्रा स्लो साइकल रेस र कबड्डी, कक्षा ४–५ तर्फ छात्र/छात्रा चम्चा दौड (५० मिटर), तथा कक्षा १–३ तर्फ छात्र/छात्रा म्युजिक चेयर प्रतियोगिता गराइनेछ।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले उद्घाटन समारोहमा बोल्दै, “खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। विद्यालयहरूबीच सहकार्य र सद्भाव बढाउन यस्ता प्रतियोगिताले सहयोग पुर्‍याउँछन्,” भने।

प्रतियोगिता पुस २८ र २९ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई थप व्यापकता दिँदै विद्यार्थी र स्थानीय समुदायलाई प्रोत्साहित गर्ने योजना रहेको जानकारी दिएको छ।

 

Previous Post

इनरूवा नगरपालिकाको १४ औं अधिवेशन डम्पिङ साइटमा सम्पन्न, पारदर्शिता र विकासमा जोड

Next Post

देवानगञ्ज गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न, विकास योजनामा छलफल र अनुमोदन

Next Post
देवानगञ्ज गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न, विकास योजनामा छलफल र अनुमोदन

देवानगञ्ज गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न, विकास योजनामा छलफल र अनुमोदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana