Sunday, February 1, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर रहेको मुख्यमन्त्री कार्कीको भनाइ, संयमता अपनाउन आग्रह

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर रहेको मुख्यमन्त्री कार्कीको भनाइ, संयमता अपनाउन आग्रह

by नेपाल टाइमलाइन न्यूज
April 21, 2025
in समाचार
A A
0
शिक्षक आन्दोलनप्रति सरकार गम्भीर रहेको मुख्यमन्त्री कार्कीको भनाइ, संयमता अपनाउन आग्रह
13
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफ्ना विभिन्न मागसहित आन्दोलनरत शिक्षकहरूलाई संयमता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै उनले शिक्षकहरूको जायज मागप्रति संघीय सरकार गम्भीर रहेको बताएका छन्।

मुख्यमन्त्री कार्कीका अनुसार शिक्षकहरूले उठाएका मुद्दाहरू सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध छ। “तपाईंहरूको जायज माग पूरा गर्न नेपाल सरकार तयार रहेको जानकारी स्वयम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटघाटमार्फत गराइसक्नुभएको छ,” उनले उल्लेख गरेका छन्।

उनले कक्षा ११, १२ तथा एसईई परीक्षाको ढिलाइले विद्यार्थीहरूमा निराशा पैदा हुन सक्ने र त्यसको प्रभाव दीर्घकालीन हुन सक्ने चिन्ता व्यक्त गरे। “यस्तो अवस्थाले युवाशक्ति पलायन हुन सक्ने मात्र होइन, देशको स्थायित्वमा समेत असर पर्न सक्छ,” उनले भने।

राजनीतिक अस्थिरताको असर संघीय कानुन निर्माण, सुशासन र शासन सुधारमा परेको बताउँदै उनले देशको आर्थिक वृद्धि र राष्ट्रिय पुँजी निर्माण समेत प्रभावित भएको धारणा राखे।

मुख्यमन्त्री कार्कीले हालै नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहकार्य सुरु भएपछि देशलाई स्थायीतर्फ लैजाने प्रयासहरू तीव्र रूपमा अघि बढेको जनाएका छन्।

नेपाल शिक्षक महासंघ र शिक्षक साथीहरू केही समय धैर्य गरौँ, तपाईंहरूको विषयमा हामी गम्भीर छौँ, चासो र चिन्ता गरिरहेका छौँ,” उनको भनाइ छ।

Previous Post

कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै

Next Post

जिल्ला अस्पताल सुनसरीले ओपिडी सेवा पूर्ण रूपमा सञ्चालन आमनागरिकलाई सहजता प्रदान

Next Post
जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै

जिल्ला अस्पताल सुनसरीले ओपिडी सेवा पूर्ण रूपमा सञ्चालन आमनागरिकलाई सहजता प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana