Friday, January 30, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण : मन्त्री मण्डल

पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण : मन्त्री मण्डल

by नेपाल टाइमलाइन न्यूज
June 3, 2025
in समाचार
A A
0
पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण : मन्त्री मण्डल
17
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र यादव ,विराटनगर, जेठ ६ । नेपाल फोटो पत्रकार महासंघ, कोशी प्रदेशको आयोजनामा “पर्यटन प्रवर्द्धनका लागि फोटो पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम शनिबार विराटनगरस्थित होटल पाँचालीमा सम्पन्न भएको छ। कार्यक्रममा प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय मण्डल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

मन्त्री मण्डलले फोटो तथा भिडियो सामग्रीले गन्तव्य पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै पर्यटन क्षेत्रको समग्र विकासमा फोटो पत्रकारहरूको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले दृश्य सामग्रीलाई पर्यटन प्रवर्द्धनको मूल आधारका रूपमा चित्रण गर्नुभयो।

कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव विशाल घिमिरे, मन्त्री सचिवालयका कर्मचारी, तथा नेपाल फोटो पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष वेदराज पौडेलको विशेष उपस्थिति रहेको थियो। अध्यक्ष पौडेलले सहभागी सबैप्रति आभार प्रकट गर्दै मन्त्री मण्डलप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

कोशी प्रदेशभरिका फोटो पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा पर्यटन पत्रकारिता, विशेषगरी फोटो पत्रकारिताका अवसर, चुनौती र समाधानका उपायहरूबारे गहिरो छलफल गरिएको थियो।

मन्त्री सचिवालयले कार्यक्रम सफल बनाउन योगदान गर्ने सम्पूर्ण आयोजक, सहभागी तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद प्रकट गरेको छ।

Previous Post

पर्यटन सम्बन्धी नीतिगत अन्तरक्रिया, १४ जिल्लाका समन्वय प्रमुखको सहभागिता

Next Post

एकताको सन्देशसहित साकेलासिली उद्घाटन: पूर्वअर्थमन्त्री कार्कीद्वारा राई समुदायको योगदानको प्रशंसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana