२८ जेष्ठ २०७९, शनिबार
काठमाडौं । उपत्यकालगायतका आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महशुश भएको छ ।
शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भक्तपुरको चाँगुनारायण मन्दिर क्षेत्रमा केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । धेरै लामो समयपछि काठमाडौंमा भुकम्प गएको छ।
भूकम्पको कडा धक्काको कारण काठमाण्डौ उपत्यकाका मानिसहरु घरबाहिर निस्किन बाध्य भएका छन्।





