मुस्ताक आलम । लौकही
देशभर मंसिर ४ गतेको निर्वाचनका लागि सरगर्मी बढेको छ । दुई वटा गठबन्धनको आफ्नै प्यालन भएकाले अरु निर्वाचनको भन्दा यसपाली सरगर्मी अति नै बढेको छ । यसै मध्येको एक निर्वाचन क्षेत्र सुनसरीको क्षेत्र नम्बर ४ पनि एउटा राष्टिय चर्चाको क्षेत्र हो । यस क्षेत्रमा संघीय सरकारका दुई मन्त्रीको पद समालेका ज्ञानेन्द्र बहादुर कार्की र स्थानीयबासी एमालेका नेता तथा १ नम्बर प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री जगदीश कुशियैतको उम्मेदबारी परेकाले चर्चा बढेको हो । दुवैले आ आफ्नो पक्षमा जनलहर चलेको दावी गरेका छन । तर आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि सुनसरी ४ नम्बर क्षेत्रका मतदाताहरुले टुरिष्ट भर्सेस स्थानीयको बीचमा प्रतिष्प्रधा भन्दै चुनावी प्रचारमा लागेका छन् ।
यहाँ कुसियैतलाई जिताउनका लागि टुरिष्टलाई हटाउ र स्थानीयहरु जिताउँ नारा लगाएका छ्न् । केही समय मात्रै प्रदेश मन्त्री बन्नुभएका कुशियैतको काम गराई र जनतालाई गरेको सेवा, पक्षपात नगरि समान व्यवहार गर्ने नेताको रुपमा रहेको भन्दै उहाँको पक्षमा यसपाली अभूतपूर्व जनलहर देखिएको कोशी गाउँपालिकाका स्थानीयहरु बताउछन ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका कुसियैको पक्षमा नेकपा एमालेका नेताकार्यकर्ताको मात्र नभइ अन्यदलकाहरु र सत्ता गठबन्धनको पनि केही साथीहरुले साथ सहयोग र समर्थन गर्ने देखिएको स्थानीयको दावी छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सुचना तथा सञ्चार प्रविधि र नयाँ कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई यसपालिको प्रतिनिधि सभा सदस्य चुनावमा सकस भएको दावी गरिएको छ ।
स्थानीय मतदाताहरुका अनुसार नागरिकहरुको चाहना के छ भने हाम्रो माटोमा जन्मेको , हुर्केको, तीन दशकदेखी आफ्नै क्षेत्रमा सेवा गरेको धर्ती पुत्र समेत रहेका कुसियैतले मात्र कोशी क्षेत्र र सीमा क्षेत्रको पिडा बुझ्नुहुन्छ तसर्थ आफूहरुले मतदान गर्ने प्रतिकृया दिएका छन् ।
बाहिरको देउता भन्दा घरकै भुत नै राम्रो भन्ने नेपाली भनाई छ तर आफ्नै गाउँका नेताले टुरिष्ट भन्दा पद, पहुच र स्रोत साधनले भ्याएसम्म राम्रो गरेकाले बाहिरबाट आएका भन्दा आफ्नै उम्मेदवारहरुलाई मतदान गर्ने दावी प्रितम यादवले गर्नुभएको छ । बाहिरको स्वीकार्य छैन, स्थानीय हार्ने सम्भावना नै छैन यादवले भन्नुभयो । सुनसरी काङ्ग्रेसको पाँचदलीय गठबन्धन भएपनी यस क्षेत्रका जनताले वर्तमान सरकारको नेतृत्व गरिएको नेपाली काङ्ग्रेसले देशमा महंगी र बेरोजगारी ग्रष्त बनाएकाले मतदान विगतको भन्दा फरक पार्ने मुडमा रहेका छन् । जनताको हितमा सीमा सुरक्षा, एससीसि विरुद्ध, राष्यिट स्वाधिन्ता, नागरिक, मुलुक र जनताको हितमा काम गर्ने एक मात्र पार्टी एमाले रहेकोले केही दिन यता सुनसरी क्षेत्र नम्बर ४ मै धेरै नेताहरु गठबन्धनबाटै प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता पूर्व राज्य मन्त्री, मुस्लिम मोर्चाका महासचिव तथा माओवादी पार्टीका घोषणापत्र लेखक सम्पादन समितिका नेता मोहम्मद जाकिर हुनैन लगायत दर्जनौं नेताकार्यकर्ता नेकपा एमेलमा प्रवेश गरेका छ्न् । पुर्व राज्य मन्त्री हुसेनले हामी संगको कुराकानीमा भन्नू भयो नेकपा एमाले एक मात्र त्यस्तो पार्टी हो जुन पार्टी देश बनाउन सकल बोकेको पार्टी हो । यतिखेर देशभर अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेशको लहर नै चलेको छ । सुनसरी क्षेत्र नम्बर ४ मा योग्य र कुशल ब्यक्ति विकास प्रेमीलाई एमालेले प्रतिनिधि सभा सदस्यमा उठाएको भन्दै उहाँको पक्षमा जनसर्मथम दिनदिनै बलियो वन्दै गएको स्थानीयले वताएका छन । अन्यदलका उम्मेदवारका तुलनामा जनप्रेमी कुशियैत नै बन्नुभएको दावी स्थानीयको छ ।