हिन्दू स्वयंसेवक संघद्धारा ८ दिने प्राथमिक शिक्षा वर्ग अभ्यास
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ३० गते । सुनसरी सदरमुकाम इनरुवामा हिन्दू स्वयंसेवक संघले आठ दिने प्राथमिक शिक्षा वर्ग अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । असोज २४ गतेदेखि ३१ गतेसम्म प्राथमिक शिक्षा वर्ग अभ्यास कार्यक्रमको पूर्व सन्ध्यामा समापन सामारोह गरेको हो । सुनसरीका २५० जना युवा तथा विद्यार्थी सहभागितामा प्राथमिक शिक्षा वर्ग अभ्यासको तालिम सम्पन्न भएको हो । उक्त तालिममा मानसिक, शारिरिक र बौद्धीक क्षमता बढाउने कक्षा संचालन गरेको संघका जिल्ला सम्वाहक मनोज कुमार यादवले बताउनुभयो ।
यादवका अनुसार देशका विद्धवान तथा प्रवुद्ध वर्गद्धारा कार्यक्रममा प्रशिक्षण दिनुभएको छ । हिन्दू स्वयंसेवक संघ जिल्ला संघ चालकले जिल्लामा एतिहासिक रुपमा आठ दिने प्राथमिक शिक्षा वर्ग (प्रशिक्षण) कार्यक्रम सम्पन्न गरेको छ ।
इनरुवाको कोशी पब्लीक स्कूलको प्रारङ्गणमा असोज २४ गतेबाट शुरु भएको प्राथमिक शिक्षा वर्गको समापन आईतबार इनरुवा खेल मैदानमा भएको जनाएको छ । प्रशिक्षण कार्यक्रममा शिक्षाको साथ साथै व्यवहारिक, सामाजिक र संस्कारिक शिक्षाको आवश्यकता महसुस गराउने सोही बारेमा प्रशिक्षित गर्ने काम गरेको संघका दिलिप साहले बताउनुभयो ।
संगठन नै अनुशासन हो, संगठन नै विजय शक्ती हो, प्रशिक्षणमा सहभागि परिक्षार्थीहरुले अनुशासित र संगठित भएर अत्याधिक लाभ लिने र शिक्षार्थीहरुले आफ्नो जिवनलाई सार्थक र अनुशासित बनाई तालिमबाट प्राप्त ज्ञानले समाज र राष्ट्रको हितको लागि अनुशासित र संगठित भएर अगाडी बढ्ने संघका श्रवण यादवले बताउनुभयो ।
अहिले देशमा हिन्दु धर्ममाथि चौतर्फी रुपमा प्रहार गर्ने काम भईरहेको बताउँदै यसलाई निरुत्साहित गर्न हिन्दु समाज संगठित हुनुपर्ने यादवले बताउनु भयो । यादवका अनुसार असोज ३१ गते विहान प्राथमिक शिक्षा वर्गमा सहभागि शिक्षार्थीहरुलाई दिक्षान समारोहका बीच बिदाई गर्ने छन । उनीहरुलाई मुख्य प्रशिक्षकले शारिरीक विकास, बौद्धिक विकास, अनुशासन, संस्कार लगायतको विषयमा प्रशिक्षण दिनुभएको छ ।
यसैबीच हिन्दू स्वयंसेवक संघद्धारा आयोजना गरिने ८ दिने प्राथमिक शिक्षा वर्ग अभ्यास तथा तालिमको समापनमा हजारौको संख्यामा इनरुवामा रयाली गरिएको छ । विभिन्न सहयोगीहरु र सहभागीहरुको उपस्थितीमा इनरुवा २ को लक्षमी नारायण टोलको बाटो हुदै इनरुवा बजार, जिल्ला प्रहरी कार्यालय, बसचौक, प्रशासन कार्यालय हुदै महेन्द्र चौक, इनरुवा नगरपालिका, शान्ती चौक, गोल चौक, विहिबारे हाट सहित इनरुवा खेल मैदानमा सभा गरिएको छ । र्याली र सभामा विभिन्न जातिय संघ संस्थाहरुको एक्यवद्धता र सहभागिता रहेको थियो । जिल्ला सदरमुकाम इनरुवामा तीस वटा जातिय संघ संस्थाहरुका प्रतिनिधि तथा पदाधिकारी सहित सरोकारबालाहरुको सहभागिता रहेको थियो । सभामा प्रशिक्षार्थीहरुले सिकेका कुराहरु अभ्यास पर्दशन गर्दै दर्शकहरुलाई चकित पारेका थिए । कला कौशल हेरेर अभिभावकहरु मख्ख परेका थिए ।
संघले आयोजना गर्ने कार्यक्रमको कार्यतालिका अनुसार असोज २४ गते आगमन, २५ गते उद्घाटन, २९ गते मातृभोजन, ३० गते पथ सञ्चालन(नगरमा र्याली) असोज ३१ गते दिक्षान्त समारोह सहित विदाई गर्ने जनाएको छ ।
चित्रगुप्त सेवा समिति, हलुवाई सेवा समिति, धानुक समाज, मरिक समाज, खत्वे स्वजातिय समिति, पौदार सेवा समिति, थारु कल्याणकारी सभा, नेपाल प्रजापती कुम्भकार संघ, मोची सेवा समिति, रौनीयार सेवा समिति, सरदार बातर समाज, स्वर्णकार समाज, नेपाल यादव सेवा समिति, कुशवाहा कल्याण समाज, तेली कल्याकाण समाज, बैश्य समाज सहितका संघ संस्थाहरुका प्रतिनिधिसंग कार्यक्रमलाई सार्थक र सफल पार्ने विषयमा छलफल गरेको छ ।



