Monday, January 30, 2023
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कृषि उत्पादनमा वृद्धि गर्ने, कृषि उद्योगको स्थापना गर्ने र रोजगारी सृजना गर्ने विषेश पहल, भु उपयोग नीति ल्याउने

उम्मेदबारको अन्तरवार्ता

नेपाल टाइमलाइन न्यूज by नेपाल टाइमलाइन न्यूज
October 29, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार
A A
0
कृषि उत्पादनमा वृद्धि गर्ने, कृषि उद्योगको स्थापना गर्ने र रोजगारी सृजना गर्ने विषेश पहल, भु उपयोग नीति ल्याउने
9
SHARES
Share on FacebookShare on Twitter
  स्वतन्त्रका तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा पदमा उम्मेदवार बन्नुभएका डा. खालिद हुसैन चुनावी मैदानमा हुनुहुन्छ । देशमा सात दशकको ठूला राजनीतक दलहरुले गरेको अन्याय, अत्याचार र भ्रष्टचारबाट आजित भएका नागरिकसंग मत माग्न व्यस्त हुनुहुन्छ । आफू सत्ता र सरकारमा नभएपनि सुनसरीमा चिकित्सा क्षेत्रबाट गर्नुभएको काम, योगदान र स्थानीयको समस्या बुझेको समाजसँग जोडिएको समाजसेवी र सहयोगी मन भएका ब्यक्तित्वको रुपमा आफूलाई मतदातामाँझ लगेर चुनावी अभियान सञ्चालन गरिरहनुभएको छ । यसअघि कयौ पटक नेपाली काग्रेंस र नेकपा एमालेले जितेको क्षेत्रमा यसपटक नेपाली काग्रेंस सहितको सत्ता गठबन्धनका उम्मेदबार ज्ञानेन्द्र बहादुरकार कार्की र नेकपा एमाले र जसपाको गठनबन्धका जगदिश प्रसाद कुसियैत सहित २५ जना उम्मेदबारको बीचमा नागरिकको सेवामा समर्पित भएर यसपालीको मंसिर ४ गते हुने निर्वाचनमा सिरिन्ज छाप लिएर डा. हुसेन आफ्नो जित निश्चित रहेको दावी गर्नै आउनुभएको छ । उहाँसँग निर्वाचन विषेश कार्यक्रममा  सत्य संसारले गरेको कुराकानीको सम्पादित अशं ः १, मंसिर ४ गतेका लागि उम्मेदबारी दर्ता गरेपछि चुनावी अभियानलाई कसरी अगाडि बढाईरहनुभएको छ ? निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तोकेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मैलै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदबारी दर्ता गरेपछि मतदाताहरुसंग भेटभाट, अन्तरकृया, छलफल सहित चुनावी अभियानलाई अगाडि बढाईरहेको छु । मैले सुनसरी क्षेत्र नम्बर ४ (क) को १५ वटा र (ख)को १७ वटै वडामा आफूले आफ्ना सर्मथक र सहयोगी साथी, मित्रलाई परिचालन गरेर चुनाव िअभियान सञ्चालन गरिरहेको छु । २, तपाईलाई जनताले किन मतदान गर्छन ? हेर्नुस म २०४० सालदेखी चिकित्सा पेशा र समाज सेवामा सकृय रहदै पहिलो संविधान सभा निर्वाचन २०६४ सालदेखी नियमित रुपमा राजनीतिकमा सकृय रहेको छु । दुई पटक निर्वाचनमा भाग लिएर अनुभव प्राप्त गरेको छु । आफूले चार दशकको सामाजिक सेवामा गरेको योगदान र आपतविपतमा राहत सहयोग, शिक्षाका लागि जग्गा देखी घर निर्माणसम्म गर्दै आएकोले मतदाताले मतदान गर्छन । मलाई विश्वाश छ कि जनताले अव सहि उम्मेदबार छनौट गर्नुहुन्छ । मैले गरेको सेवा, सहयोग र योगदानको मूल्याकंन गरेर मलाई मतदान गर्छन । ३, यहाँको चुनावी एजेण्डा के के छन ? धेरै राम्रो प्रश्न गर्नुभयो , अहिले ठूला राजनीतिक दलहरु एजेण्डा विहिन भएर मतदाताकोमा गईरहेको बेला मैले प्रष्ट चुनावी एजेण्डा लिएर आएको छु । मैलै राजनीतिक समाजिक सेवा गर्ने उच्चतम माध्यम भएको ठानेको छु । तर अरुले सत्ता स्वार्थ र फोहोरी खेलको रुपमा लिएको देख्दा मलाई दुख लाग्छ । तथापी मैलै आफ्नो धारना र चुनावी एजेण्डा सहित जनताको घरमा पुग्दैछु । सामाजमा रहेका विभेदलाई अन्त्य गरि विविधतामा एकता कायम गर्ने नीतिलाई कार्यन्वयन गर्ने, विभिन्न अल्पसंख्या समुदायको हक अधिकार र संरक्षणका निम्ति संरक्षिता वा स्वायत क्षेत्र घोषणा गर्न पहल गर्ने, सबै भाषभाषी र धर्मालम्बीको मातृ भाषामा आधारभुत तहको शिक्षा प्रादान गर्ने, भुमिहित, दलित तथा सुकुम्बासी समस्या समाधान गर्ने लगायतको छ । त्यसैगरी मैले प्रतिवद्धता पत्रमा सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना गरि व्यपार व्यसायलाई प्रवद्र्धन गर्ने, आफ्नो निर्वाचन क्षेत्र सहित एक क्षेत्र एक सुविधा सहितको ट्रमा सेन्टर स्थापना गर्ने, आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने गरि भ्रष्टाचार विरुद्ध अवाज उठाउने, प्रविधिक शिक्षा र प्राविधिक तालिम केन्द्र स्थापना गर्ने कोशी टप्पु र रामधुनी क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, कोशी टप्पु अरक्षको जंगली जनावरबाट हुने क्षती रोक्न विषेश संरचना बनाउन पहल गर्ने, कृषि उत्पादनमा वृद्धि गर्ने, कृषि उद्योगको स्थापना गर्ने र रोजगारी सृजना गर्ने विषेश पहल, भु उपयोग नीति ल्याउने लगायतको छ । ४, यती राम्रा एजेण्डा भएपनि उम्मेदबार स्वतन्त्र भएकाले तपाईको पक्षमा मतदाताको मत आउछ भन्ने कसरी लिनुभएको छ ? मैले जनता समाजवादी पार्टीमा रहेर गरेको योगदान र नियमित जनताको माझमा रहेकाले मत आउनेमा म विश्वस्त छु । मलाई पार्टीले राजनीतक गठबन्धका कारणले समायोजन गर्न नसकेकाले मैले स्वतन्त्र उम्मेदबारी दिएकाले आफ्नो पार्टीको उम्मेदबार पनि नभएकाले मतदाताकै आग्रहमा चुनावी मैदानमा रहेकाले मत आउनेमा विश्वस्त छु । ५, तपाईको यस क्षेत्रमा सम्भावित प्रतिद्धन्दीहरुलाई कसरी हेर्नु भएको छ ? हाम्रो क्षेत्रको मुख्य नेपाली काग्रेंस र नेकपा एमालेका उम्मेदवारहरु रहेको भएपनि लामो समयदेखी जनतालाई फुटबल जस्तै खेलिरहेकाले उता भन्दा मलाई नै रोज्ने गरि हेरिरहेको छु । ६, तपाईको जितका लागि आधार के के हो त ? मेरो जितको आधार भनेको म निरन्तर रुपमा स्वास्थ्य र समाजसेवाको माध्यमबाट यो क्षेत्रका जनताको निरन्तर सेवा गर्दै आएको डाक्टर हुँ । यहाँका जनताको सबै खाले सुखदुःखमा साथ र सहयोग गर्दै आएको छु । यो क्षेत्रको जनताका लागि विद्यालयहरुमा सहयोग, बालबालिकाहरुलाई सहयोग, बाढी र आगलागी सहित विपतको बेलामा म आफ्नै गाडीमा राहत बोकेर सहयोग गरेको छु । मलाई मेरो काम र सेवाको प्रभावले नै भोट हाल्नु हुन्छ भन्नेमा म पूर्ण आशावादी छु । ७, अन्त्यमा के भन्नुपर्ने कुरा छ की ? नागरिकलाई संविधानको पूर्ण प्रत्याभुति गराउने, मौलिक हकहरुको पूर्ण कार्यान्वयन गराउन सक्ने व्यक्ति भएको र आफू धरान देखी इनरुवासम्मको स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको योगादनलाई मूल्याकन गरि दिनुहुन अनुरोध गर्छु । म आफु घर बनाउन होईन मेरो चार छोराछोरी सबै डाक्टर भएको र सेवामै मेरो जीवन समर्पित रहने भएकाले यसलाई बुझेर मलाई मतदान गरि सहयोग गर्नुहुन्छ भन्ने आशा गरेको भन्न चाहन्छु । अर्को कुरा आफू चिकित्सक भएकाले अस्पतालहरुको स्तोरोन्नती गर्ने तथा पेशासंग मिल्दो छाप सिरिन्ज रहेको छ । देश नै विरामी परेकाले सिटामोल र औषधीले नभई इन्जेक्सन लगाउने बेला आएकाले सिरिन्ज चुनाव चिन्ह लिएर आएको जानकारी गराउन चाहन्छु ।
 
मैले गरेको सेवा, सहयोग र योगदानको मूल्याकंन गरेर मलाई मतदान गर्छन :डा. खालिद हुसैन
Previous Post

सुनसरीमा जलासयको अभावमा घर अगाडि कृत्रिम पोखरीमा छठ पर्वको तयारी 

Next Post

सुनसरीको क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय कुमार गच्छदार छठको अवसरमा शुभकामना

Next Post
सुनसरीको क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय कुमार गच्छदार छठको अवसरमा शुभकामना

सुनसरीको क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय कुमार गच्छदार छठको अवसरमा शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

by नेपाल टाइमलाइन न्यूज
November 27, 2022
0

भु उपयोग नीति कार्यन्वनमा जोड

भु उपयोग नीति कार्यन्वनमा जोड

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana