सुनसरीका उराँव विधार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । जिल्लाको सदरमुकाम इनरुवामा क्याम्पसस्तरीय विधार्थी अन्तरक्रिया, पुरस्कार तथा सम्मान कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।
आईतबार नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठान इनरुवाले कार्यक्रममा सुनसरी र मोरगं सहित विभिन्न जिल्लाका ९० जना उराँव विधार्थीलाई सम्मान गरिएको जनाएको छ । विधार्थीहरुको उच्च शिक्षामा पहुँच स्थापित गर्नका लागि शैक्षिक सामग्री सहित सम्मान गरिएको नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।

उराँवका अनुसार शिक्षा, सचेतना र रोजगारीमा पछि परेको समुदाय भएकाले युवा तथा विधार्थीलाई प्रोत्साहन गर्नका लागि नगद पाँच हजार रुपियाँ, शैक्षिक सामग्री सहित सम्मान गरेको हो । प्रतिष्ठानले समाजमा विषेश योगदान गर्ने मणीराम खत्री र बद्रीलाल उराँवलाई पनि सम्मान गरेको छ । यसैबीच नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठान इनरुवाले आयोजना गरेको कार्यक्रमका सरोकारवालाहरुले शिक्षा, रोजगार र सचेतना अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका नेपाली काग्रेंसबाट उपाध्यक्षका उम्मेदबार रहनुभएका सुनीता उराँवले उराँव समुदायको सबै बालबालिकालाई विद्यालय शिक्षा अनिवार्य दिनुपर्ने, उच्च शिक्षामा पहुच स्थापित गर्नुपर्ने, कम्तिमा कक्षा १२ सम्म उराँव विधार्थीका लागि पूर्ण निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
वहाँले नागरिक अधिकार र शिक्षाको अधिकारबाट अझै पनि उराँव समुदाय पछि परेकाले त्यसमा आफूहरुले योगदान गर्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा माटो विज्ञ नुनुलाल उराँव, प्रधानाध्यापक परमेश्वर उराँव, शिक्षक सम्पतलाल उराँव, जयकुमार उराव, जयप्रकाश उराँव, रामलाल उराँव, दुर्गा नारायण उराँव, ब्रहमदेव उराँव, सारना उराँव र पत्रकार जयकृष्ण यादव सहितले बोल्नुभएको थियो ।





