रबिन्द्र कुमार यादव//भोक्राहा
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा राष्ट्रीय प्रजातन्त्र पार्टी र वडा नं २ मा नेपाली काग्रेस विजय भएका छन् ।
वडा नं १ मा नेपाली काँग्रेस का उमेदवार युवराज दाहाल ५४७ मतलाई पछि पाद्रे सोही वडा का राप्रपा का उमेदवार लक्षमण प्रसाद मेहता १०९० मत ल्याई निर्वाचित भएको भोक्राहा नरसिंह गाउँपालिका निर्वाचन अधिकृत मोहन बहादुर अधिकारी जनाएको छ
त्यसै गरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं २ मा नेपाली काँग्रेस का उमेदवार आलम अन्सारीले ८५५ मत ल्याई उनका प्रतिद्वन्दी नेकपा एमाका वडा अध्यक्ष पदका उमेदवार देवनारायण मेहता र एकीकृत समाजवादी पार्टीका उमेदवार फ्याज अन्सारीले ४४५ मत ल्ययाई पछि पार्दै नेपाली काँग्रेसका उमेदवार अन्सारीले पूरे पाइनल सहित भारी मतले विजयी भएका छन्
नेपाली काँग्रेस पाइनल सहितमा महिला वडा सदस्य ८५६ ,दलित महिला वडा सदस्य ८४४ ,वडा सदस्य दुई जनामा ८५९ र अर्को ८५० मत ल्याएर विजय हासिल गरेका छन् ।
नेपाली काँग्रेस पाइनल सहित भारी मा विजय हासिल गरेपछि स्थानिय जनता नेता पार्टी कार्यकर्ता शुभचिन्तकहरु उत्साहित भएका छन्