बुबा” शब्द आफैमा प्यारो छ !! आफैमा एउटा सहास, शक्तिशाली र सान्दर्भिक छ, झन मलाई जन्मदिनु हुने मेरा बाबा हजुर त मेरो लागि एक सुपर हिरो हुनुहुन्छ। आजको मितिमा पर्न गएको मेरो सुपर हिरो बाबाको जन्मदिनको बारेमा केही कुरा लेख जाँदै छु, मलाई थाहा छ मेरा यी शब्दहरु कम नै हुन्छ बुबा हजुरको बिशेषताको बर्णन गर्नको निमित्त । तर पनि म सानो प्रयास गर्दै छु केही गल्ती छ भने देखि सधै झै साथी बनेर नै सच्च्याई दिस्यो है ।
आज तपाईं ४२ वर्ष पुरा भएर ४३ वर्षमा प्रवेश गर्नु भएको हुनुन्छ , हजुरले परिवार लागि गर्नुएको मिहिनेत सबै खुसी सुखी राखेन अटुट जसको लेख्न शब्द भेटिदैन तपाईं धेरै जसो जीवन वैदेशिक रोजगारमा बिताउनु भयो हाम्रो खुसीको लागि त्याग गर्नु भएको छ ।
आँशु तपाईंको आँखाबाट पनि बग्छन् होला तर हामी सामु सधैँ मुस्कुराउँछौ कैयौँ रात छटपटिँदै बित्छन् होला तिम्रा तर हामी तिम्रै आश्रयमा निदाउँछौँ
हाम्रा भविष्यबारे सदा चिन्तित तपाईं, आफ्नो इच्छालाई भने निकै पर छोडेर आयौ
एक पटक नसोची किनिदियौ नयाँ मोबाइल तर आफूले भने त्यही वर्षाैँ पुरानो चलायौ ।
हजुरले ताते गर्दै समाएको मेरो हात हजुरको बुढेसकालको सहारा बनिरहोस् अनि हाम्रो सुन्दर भविष्यका लागि अनवरत खटिएर खियाउनुभएको घुँडामा सन्तान सुखको मल्हमले सदैव आराम दिलाउन पाइरहूँ ।
सिर्फ यो शिरमाथि सधैँ हजुरको आशीर्वादरूपी हात भइरहोस् । भगवान् छन् वा छैनन् थाहा छैन, तर मेरा लागी साक्षात् भगवान् नै हजुर हो, जसको आराधना मेरो जीवनको नित्यकर्म बनेर रहेको छ बाबा ।
साथै सन्तानलाई संसार चिनाउने मेरो बाबालाई जन्म दिनको धेरै धेरै शुभकामना अनि धेरै माया ।❤️





