सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागुऔषध दुव्र्यसन विरुद्ध अभियान विद्यालयमा पनि केन्द्रित गर्ने भएको छ । शुक्रबार जिल्लामा बसेको फ्यान क्लब जिल्ला कार्य समितिको बैठकले लागुऔषध दुव्र्यसन विरुद्ध अभियान ३२ वटा विद्यालय सहित १२ वटै स्थानीयका विद्यालयहरु केन्द्रित गर्ने निणर्य गरेको छ । शुक्रबार भएको बैठकले पहिलो चरणमा पूर्वगठित ३३ वटा बिद्यालयमा रहेको फ्यान क्लवको गठन तथा पुनरगठन गर्ने, बिद्यालयहरुमा अभिमुखिकरण दिने र गठन नभएका बिद्यालयहरुमा पुर्नगठन गरी अभिमुखिकरण दिने र स्थानीय नगर तथा गाउँपालिकास्तरीय अभिमुखिकरण कार्यक्रमको प्रारुप तयार गर्न पाँच सदस्य उपसमिति गठन गर्ने निर्णय गरेको छ । उपसमितिमा अधिकारकर्मी रमेश भटराई, बिमला घिमीरे, अधिवक्ता कृष्ण प्रसाद दाहाल, पत्रकार जयकृष्ण यादव र रुमा रिजाल रहनुभएको छ । त्यसैगरी बैठकले जिल्लाका १२ वटै स्थानीय तहहरुले फोकल पर्सन तोकेर पत्र पठाउनुभएकोमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुलाई धन्यबाद दिदै सम्बन्धित इलाका प्रहरी कार्यलयहरुका फोकल पर्सनलाई समेत पत्रचार गरी आगामी बैठकममा उपस्थित गराउने निर्णय गरीएको संयोजक तथा प्रहरी नयव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।





