Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

१०२ क्विन्टल अन्नको प्रयोग गरेर बनाइएको सीतारामको प्रतिमा

१०२ क्विन्टल अन्नको प्रयोग गरेर बनाइएको सीतारामको प्रतिमा

by नेपाल टाइमलाइन न्यूज
December 17, 2023
in मनाेरञ्जन
A A
0
१०२ क्विन्टल अन्नको प्रयोग गरेर बनाइएको सीतारामको प्रतिमा
9
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ ।

 

विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत् रूपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छ । शनिबार जानकी मन्दिरबाट बाजगाजाका साथ हजारौँ साधुसन्तसहित मैथिली महिलाको लावालस्करले जनकपुरधामको प्रसिद्ध गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर लगेका थिए ।

 

आइतबार पुरुषोत्तम भगवान् राम र जगत्जननी सीताको डोला बिचमा स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो । दुवै कार्यक्रमको तयारी पूरा भएको वैवाहिक कार्यक्रममा भारतका अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीय सबै क्षेत्रका व्यक्तिको व्यापक सहभागिता रहने उहाँले बताउनुभयो ।

 

मिथिलाका राजा जनककी छोरी र अयोध्याका राजा दशरथका छोरा रामबिच भएको विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ । जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ ।

 

जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्रबिघा) मा सोमबारदेखि बनाउन सुरु गरिएको सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको हो । प्रतिमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले औपचारिक उद्घाटन गर्नुभयो ।

 

१०२ क्विन्टल अन्नको प्रयोग गरिने आकलन गरिए पनि प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् । बेलाबेला प्रतिमामा अन्न थप्ने कार्य पनि जारी रहेका कारण थप अन्न प्रयोग गरिने प्रतिमा निर्माण समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घ जनकपुरधामका कोषाध्यक्ष परमेश्वर साहले बताउनुभयो ।

 

प्रतिमा सुरक्षामा जनकपुरधामका नगरप्रहरी खटिएका छन् भने सुरक्षा घेराभित्र रहेर तीन दिन शनिबार, आइतबार र सोमबारसम्म हेर्न पाइने छ । मङ्गलबारदेखि प्रतिमा प्रयोग भएका अन्न उठाइने छ । अन्नबाट बनाइने रामसीताको प्रतिमा हेर्नका लागि प्रत्यक्ष प्रसारणको व्यवस्था पनि गरिएको छ ।

 

प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सहर जनकपुरधामलई विश्वभर चिनाउन विश्व कीर्तिमान कायम गर्न ११ प्रकारका अनाज प्रयोग गरी २१ लाख २३ हजार रुपियाँको लागतमा सो प्रतिमा बनाउन खर्च अनुमान गरिएकोे समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिनुभयो ।

 

भारतमा बनाइएको प्रतिमाको रेकर्ड तोड्दै उक्त प्रतिमाले गिनिज बुक अफ वल्र्ड रेर्कडमा सूचीकृत गर्ने लक्ष्यका साथ यसअघि भारत उत्तर प्रदेशको अयोध्यामा प्रतिमा बनाएका कालाकारलाई नै बोलाएर जनकपुरधाममा प्रतिमा बनाइएको समितिले जनाएको छ । प्रमुख कलाकार सतिश गुर्जरको नेतृत्वमा प्रतिमा बनाइएको हो ।

 

समारोह सभ्य र भव्य बनाउने तयारी

 

साताव्यापी रूपमा जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सवलाई भव्य र व्यवस्थित बनाउन प्रहरी प्रशासन, जनकपुरधाम उपमहानगरपलिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लगायत सरोकारवाला निकाय सक्रिय भएका छन् । नेपाल र भारतका विभिन्न स्थानबाट विवाहपञ्चमी हेर्न आउने भक्तजनको घुइँचोलाई व्यवस्थित गर्न सरोकारवाला निकायले आआफ्नातर्फबाट तीव्रता देखाएका छन् ।

 

प्रहरीले विगतका वर्षभन्दा यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार यस वर्ष १४ सय प्रहरी परिचालन गरिएको छ । बाहिरी, भित्री र कोर क्षेत्र गरी तीन भागमा विभाजन गरी प्रहरी परिचालन गरिने छ ।

 

थप सुरक्षाका लागि ड्रोन क्यामेराबाट पनि निगरानी गरिने छ भने विवाहपञ्चमीको मुख्य दिनमा दुई थान ड्रोन क्यामेराबाट बाह्रबिघा र जानकी मन्दिरमा निगरानी गरिने छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बाह्रबिघामा एक पटकमा ५६ जनाले एकसाथ प्रयोग गर्न मिल्ने शौचालय व्यवस्था गरेको छ भने आवासका लागि बाह्रबिघामै एक हजार वर्गफिटको र कभर्डहलमा दुई सय वर्गफिट क्षमताको पण्डालको व्यवस्था गरेको बृहत्तरका अध्यक्ष शीतल साहले बताउनुभयो ।

 

अध्यक्ष साहले भन्नुभयो, “नेपाल सरकारबाट विवाहपञ्चमीका लागि कुनै बजेट नआए पनि बृहत्तरले आन्तरिक स्रोतबाटै भए पनि सक्दो व्यवस्था गरेको छ । विभिन्न टोलमा रहेका युवा क्लब पनि आफ्नातर्फबाट यात्रुलाई उचित प्रबन्ध मिलाउने प्रयासमा जुटेका छन् । अझै पनि जनकपुरधाम यात्रु आउने क्रम जारी छ । नेपालका विभिन्न स्थान र भारतका उत्तर प्रदेश र बिहार राज्यलगायत राज्यबाट नागरिक आउने गरेका छन् ।

Previous Post

रुपनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिृकत रुपमा यादव

Next Post

क्यानेडियन स्टडी सेन्टरको कार्यालय पुर्वी शहर इटहरिमा

Next Post
क्यानेडियन स्टडी सेन्टरको कार्यालय पुर्वी शहर इटहरिमा

क्यानेडियन स्टडी सेन्टरको कार्यालय पुर्वी शहर इटहरिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana